नरेन्द्र ढकाल/गोरखा
असार ३० गते । स्थानिय तह निर्वाचन पछि बनेको स्थानिय सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजानिक गर्ने तयारी गरेका छन् । झण्डै २० पछि कार्यकारी भुमिकामा पुगेका जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्ष २०७४/०७५ को लागि आवश्यक बजेट, निति तथा कार्यक्रम निर्माण गरिरहेका छन् । झण्डै एक हप्ता यता गाउँपालिकाहरुको गाउँसभा तथा नगरपालिकाहरुको नगरसभाको बैठक बसिरहेको छ । अधिकाशं स्थानयि तहले निति तथा कार्यक्रम निमार्ण गरी घोषणा तयारी गरिरहेको बताएका छन् ‘आवश्यक छलफल गरेर कार्यक्रम बनाएका छौ, ड्राफ्ट पनि तयार भईरहेको छ’ सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले भने ।
९ गाउँपालिका र २ नगरपालिका गरि ११ स्थानिय तह रहेको यहाँ अधिकाशं गाउँ तथा नगरपालिकाले जनचाहना बमोजिम कै निति तथा कार्यक्रम निमार्ण गरेको दाबी छन् । शहिद लखन गाउँपालिकाको २५ गते बाट सुरु भएको गाउँ सभाको बैठकले निति तथा कार्यक्रम तयार गरिरहेको छ । अहिले वडा भेलाका लागि बैठक स्थगित गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए ।‘वडा भेलाहरु भइरहेको छ, सबै ठाउँको विवरण आउँछ अनि गाउँपालिकाको निति तथा कार्यक्रम निर्माण हुन्छ’ थापा मगरले भने । जनताको आवश्यक अनुसार वडाबाट पारित भई आएका सडक, खानेपानी, विद्युत विस्तार,शिक्षा, स्वास्थ्य, कृषि जस्ता विषय मुख्य प्राथमिकतामा परेको थापा मगरले जानकारी दिए । आगामी साउन ११ गते अनुमानित ३० करोड ६५ लाखको बजेट बनाउने शहिद लखन गाउँपालिका तयारी छ ।
यता सिरानचोक गाउँपालिकाले अनुमानित ३१ करोडको बजेट बनाएको छ । त्यहाँ सबै भन्दा धेरै कुल बजेटको ३६ प्रतिशत कच्ची सडक निर्माण तथा मर्मतमा खर्च गर्ने कार्यक्रम बनार्ईएको छ ।‘वडा बाट सबै भन्दा धेरै सडक सम्बन्धि योजना आयो, कम्तीमा गाउँपालिकाको वडा कार्यालय सम्म १२ महिना सवारी सञ्चालन गर्ने गरी कार्यक्रम बनाएका छौ’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने । कृषि, स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, विद्युतिकरण लगायतका योजनाहरु मुख्य प्राथमिकतामा राखिएको सिरानचोकमा,लक्षित वर्गका लागि विशेष जोड दिईएको छ ।‘निर्वाचनमा भाग लिनुभएका सबै दलका उम्मेदवारहरुले दिनुभएको सुझाबलाई समेत समावेश गरेर बजेट बनाएका छौ’ गुरुङले भने ।
बजेट निर्माण गर्नु अघि सर्बपक्षिय बैठक राखेर सबै दलको लिखित सुझाब समेत संकलन गरी निति तथा कार्यक्रम बनाईएको सिरानचोक गाउँपालिकाले जानकारी दिएको छ । सिराचोक सँगै अजिरकोट, धार्चे, चुमनुब्री, सुलिकोट,आरुघाट, गण्डकी, शहिद लखन,भिमसेन गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकामा यसै गरी नीति तथा कार्यक्रम निर्मााण भइरहेको गाउँ तथा नगर प्रमुखहरले बताएका छन् । राजस्व परामर्श समिति,श्रोत अनुमान तथा वजेट सिमा निर्धारण समिति, बजेट तथा कार्यक्रम समिति गठन लगायतका समितिमा वडाबाट आएका योजनालाई छलफल गरी कार्यपालिकाको बैठकमा पेश गर्ने प्राबधान छ ।
गोरखा नगरपालिकाले आज घोषणा गर्ने
गोरखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज नीति तथा कार्यक्रम सार्वजानिक गर्दैछ । केही दिन अघि देखि बसेको नगर सभाको बैठकले आगामी आर्थिक वर्ष २०७४/२०७५ का लागि नीति तथा कार्यक्रम सहितको बजेट सार्बजानिक गर्न लागेको हो ।‘नगर सभामा व्यापक छलफल र बहस पछि हामीले गोरखा नगरपालिकाको बजेट निर्माण गरेका छौ’ नगर प्रमुख राजराज पन्तले भने । गोरखा नगरपालिकाले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ,यसैगरी भौतिक पुर्वाधार निमार्ण, खानेपानी, विद्युतका काठे पोल प्रतिस्थापन, भुकम्प पिडितको गुनासो संबोधन लगायतका कार्यक्रमहरु मुख्य प्राथमिकतामा राखिएका छन् ।
गोरखा गरपालिकाले महिला स्वास्थ्य स्वम्सेविकको १५० प्रतिशत भत्ता बढाउने तयारी गरेको छ । जस अनुसार महिला स्वास्थ्यसेविका अब काम गरेको दिन ५०० सय भत्ता पाउनेछन् ।यसैगरी कृषि, सिञ्चाई, जिविकोपार्जन लगायतका वडाबाट छनोट भई आएका योजनाहरुलाई पनि प्राथमिकतामा राखिएको पन्तले बताए ‘वडाबाट जनताले पठाएका योजना नै हाम्रो प्राथमिकतामा छन् ।’नगरपालिकाले आन्तरिक आयमा कडाई गर्ने, नगरबिकास कोष र सरकारको शर्सत अनुदान लगायतका कुराहरुलाई आम्दानीको मुख्य क्षेत्र तय गरेको छ । गणतन्त्र स्थापना पछि भएको पहिलो स्थानिय निर्वाचन पछि बनेको कार्यकारी नगरपालिकाले आज एक भब्य कार्यक्रम विच खेलकुद मैदान हरमटारीको कर्बडहलबाट आगामी आर्थिक वर्षको बजेट घोषणा गर्न तयारी गरेको गोरखा नगरपालिकाले जानकारी दिएको छ ।


