×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पूर्वप्रमद्वारा बूढीगण्डकी जलविद्युत् आयोजनाबारे प्रम देउवालार्इ मागपत्र

  •  
  • बुधबार, असार २८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, असार २८ गते । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नयाँ शक्ति पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनासंग सम्बन्धित १३ वटा मागपत्र प्रस्तुत गर्नुभएको छ ।

    आज प्रम देउवालाई सिंहदरबारस्थित उहाँकै कार्यालयमा अध्यक्ष डा भट्टराईले भेट गरी सो आयोजना स्वदेशी पुँजीमा स्वदेशी लगानीमा नै निर्माण गर्न आग्रह गर्नुभएको हो ।

    उहाँले तत्कालीन प्रम एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७४ जेठ १० गते गरेको निर्णय तत्काल खारेज गर्न समेत माग गर्नुभयो ।

    अध्यक्ष डा भट्टराईले आफ्नो प्रम नेतृत्वका समयमा बूढीगण्डकी जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी विकास समितिमार्फत निर्माण गर्ने निर्णय गरेको थियो । सो समितिले गरेको अध्ययनले उक्त आयोजनाको क्षमता एक हजार २०० मेगावाट र वार्षिक रुपमा चार हजार २५० गिगावाट आवर मार्फत् ४२५ करोड युनिट बिजुली निकाल्न सकिने देखाएको थियो ।

    जलाशययुक्त सो आयोजना सम्पन्न गर्न नेपाली पुँजी रु दुई खर्ब ६० अर्ब लाग्ने अनुमानसमेत गरिएकोे थियो । पोखराको फेवाताल भन्दा १५ गुणा ठूलो जलाशय बन्ने हुनाले पर्यटकीय गन्तव्यसमेत बन्ने विश्वास गरिएको छ ।

    मागपत्रमा के छ ?
    बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न ऊर्जा मन्त्रालय र चीनको गेजुवा ग्रुप कम्पनीबीच भएको समझदारी खोरज गर्नुपर्ने, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएर मात्र आयोजना निर्माण गर्नुपर्ने, आयोजनालाई बहुउद्देश्यीय जलस्रोत विकास आयोजनामा रुपान्तरण गर्नुपर्र्ने, पहिलोचरणमा विकास समितिलाई नै निरन्तरता दिनुपर्ने उल्लेख छ ।

    यसैगरी दोस्रोचरणमा बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण अन्तर्गत चारवटा निर्देशनालय बनाउनुपर्ने, जलाशयमा सञ्चित हुने पानीलाई सिँचाइ, खानेपानी तथा तल्ला तटहरुमा विद्युत् उत्पादन गर्नुपर्ने, सो आयोजनाबाट पीडितका लागि पुनर्वास र पुनःस्थापना कार्यलाई प्राथमिता दिनुपर्ने, मुआब्जा पुनरावलोकन गर्नुपर्र्ने लगायताका छन् ।

    सो अवसरमा प्रम देउवाले प्रस्तुत मागप्रति आफू गम्भीर रहेको र यसबारे सम्बद्ध निकायसित बुझ्ने जानकारी दिनुभएको भेटपछि अध्यक्ष डा भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो “बीस वर्ष अगाडि विभिन्न माग लिएर तत्कालीन प्रम देउवालाई भेटेको थिएँ, उहाँले गम्भीर रुपमा लिनुभएन, यस कुराको जानकारी आज मैले हास्यास्प्रद भाषामा राखेँ, गम्भीर बन्नुस् ,माग पूरा गर्नेतर्फ लाग्नुहोस् ।”

    अध्यक्ष डा भट्टाराईले आफ्ना माग पूरा नभए सडक आन्दोलनमा जाने समेत जानकारी दिनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.