×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

२ हजार १९ घर मर्मतका लागि सिफारिस

  •  
  • बुधबार, असार २८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    असार २८ गते । गुनासो फारम २ हजार १९ घर मर्मत अर्थात प्रबलिकरणको लागि सिफारिसमा परेका छन् । पुर्ननिर्माण प्राधिकरणले गरेको पछिल्लो गुनासो सुनुवाईको क्रमा उक्त घर सामान्य मर्मत पछि पनि बस्न मिल्ने ठहरिएका हुन् ।‘हामीले संकलन गरेर पठाएको गुनासो सुनुवाई भएको छ’ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र कार्कीले भने ।

    १६ हजार गुनासो फारम भरेर केन्द्र पठाईएकोमा ४ हजार ४१९ भन्दा बढिको गुनासो फैसला भएको छ । ती मध्ये २ हजार १९ घर सामान्य मर्मत अर्थात प्रवलीकरण गरेर बस्न मिल्ने ठहरिएका हुन । त्यसैगरी २४ सय भन्दा बढि घर पुर्ण लाभग्राहीको सूचिमा समाबेश भएका छन् । ती घरले अन्य लाभग्राहीले जस्तै ३ लाख अनुदान पाउँनेछन् भने सामान्य मर्मतको सूचिमा परेका घरहरुले भने १ लाख मात्र अनुदान रकम पाउने प्राधिकरण जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।‘पुर्ण लाभग्राही सूचिमा रहेका घरले अरु सरह अनुदान पाउने छन तर मर्मतका लागि सिफारिस भएका घरले भने १ लाख मात्र पाउने व्यवस्था छ’ कार्कीले भने ।

    मर्मतका लागि सिफारिस भई आएका अधिकाशं घर गोरखा नगरपालिका, पालुङटार नगरपालिका, आरुघाट बजार, बेनीघाट बजार जस्ता शहरी क्षेत्रका छन् । ती सबै घर आरसिसि किसिमका रहेको प्राधिकरणले जानकारी दिएको छ । ढुङ्गा माटो वा ढुङ्गा सिमेन्टको जोडाइमा बनेका घरहरु भने मर्मत र्शीषकमा निकै कम परेको देखिएको छ ।

    १६ हजार गुनासो फारममा भरिएको गोरखामा झण्डै ५ हजारको मात्र सुनुवाई भएको छ । अन्य ११ हजारको गुनासो सुनुवाईको जिम्मा अब स्थानिय तह अन्तर्गत वडामा निर्वाचित अध्यक्ष, वडा सचिव र त्यहाँ खटिएका प्राधिकरणका इन्जिनियरलाई दिइएको छ ।‘अब बाँकी गुनासोको सुनुवाइ गाउँमै हुन्छ, सोही व्यवस्था अनुसार हामीले सबै तयारी मिलाएका छौ’ प्राधिकरण जिल्ला समन्वय समितिका संयोजक कार्कीले भने । सोही अनुरुप आवश्यक कागजपत्र, नियम कार्यविधि सबै गाउँपालिका तथा नगरपालिका मार्फत सबै वडाहरुमा पठाइसकिएको छ ।

    भौगोलिक बिकटताका कारण चुमनुब्री गाउँपालिकामा भने पठाउन नसकिएको कार्कीले बताए ‘चुमनुब्रीमा पठाउन समस्या भएको छ अन्य सबै ठाउँमा आवश्यक सबै डकुमेन्ट पुगि सकेको छ ।’ त्यहाँ आवश्यक कागजपत्र ढुवानीका लागि केही गैरसरकारी सस्थाहरु सँग छलफल भइरहको कार्यालयले बताएको छ । वर्खामा उत्तरी गोरखा जान पैदल बाटो भत्किएकाले हेलिकप्टरबाट मात्र उक्त सामाग्री पढाउनु पर्ने भएकोले आवश्यक सहयोगका लागि गैरसरकारी सस्थाहरुलाई आग्रह गर्ने तयारी भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति श्रोतले बताएको छ ।

    अन्य स्थानिय तहका सबै वडा अध्यक्ष, वडा सचिव, गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुख,कार्यकारी सबैको हातमा गुनासो सुनुवाई व्यवस्थापन कार्यविधि २०७४ र अनुदान वितरण कार्यविधि २०७३ परिसकेको प्राधिकरण समन्वय समितिको दाबी छ । स्थानिय स्तरमा रहेन गुनासो व्यवस्थापन समितिले मर्मतका लागि सिफारिस भई आएको घर बस्न नमिल्ने ठह¥याएमा ती पनि पुर्ण लाभग्राहीको सूचिमा समावेश हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.