कैलासबावु श्रेष्ठ/गोरखा
साउन २२ गते । चालु आर्थिक बर्ष भित्र नेपाल सरकारको आर्थिक सहयोगमा जिल्लाका १६ ठुला आयोजनाहरु सम्पन्न भएका छन । उक्त आयोजनाबाट २५ हजार मानिसले स्वच्छ पिउने पानी उपभोग गर्न पाएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले जानकारी दिएको छ । ‘खानेपानीको अभाव भएका ठाउँहरुमा स्थायी प्रकृतिका ठुला आयोजनाहरु निर्माण भएका छन्’ जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख रत्न लामिछानेले जानकारी दिए ।
जिल्ला सदरमुकामको गोरखा दरबार र गोरखा क्याम्पस क्षेत्र सहित साबिक गाईखुर, मिरकोट, आरुपोखरी, बोर्लाङ्ग, मुच्चोक, बुंकोट, तान्द्राङ्ग तथा ताक्लुङ्गमा ठुला खानेपानी आयोजना बनेका हुन् । त्यसैगरी जौबारी, घ्याल्चोक, आँपपिपल, आरुचनौटे, नामजुङ्ग र ताप्लेमा पनि त्यस्तै प्रकृतीका खानेपानी आयोजना सम्पन्न भएको छ । ती सबै आयोजना सम्पन्न गर्न २५ करोड ५० लाख ८० लागत लागेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सिनियर डिभिजन ईन्जिनियर लामिछानेले बताए ।
उक्त आयोजनाहरु सम्पन्न गर्न स्थानियले ५८ लाख ४४ हजार ८ सय रुपैयाँ बरावरको जनश्रमदान गरेका छन् ।‘कार्यालयको नियमित बजेट र स्थानियको सक्रियतामा हामीले केही महत्वर्पुण खानेपानी आयोजनाहरु निर्माण गरेका छौ’ लामिछानेले भने ।कार्यालय श्रोतका अनुसार सम्पन्न योजनाहरुले गोरखा नगरपालिका क्षेत्र भित्र ताप्ले पंम्पिङ्ग खानेपानी आयोजनाले ताप्लेका १ हजार १ सय २८ जनाले स्वच्छ पिउने पानी पाएका छन भने गोरखकाली मन्दिर खानेपानी आयोजनाले साबिक गोरखा नगरपालिकाको १, ४ र ५ नम्बर वडामा बसोबास गर्ने ८८५ जना र गोरखा दरबार र गोरखा क्याम्पस खानेपानी आयोजनाबाट साविक १, ४ र ५ नम्बर वडाकै २ हजार ६९ जनालाई पिउने पानी वितरण भएको छ ।
त्यस्तै गरी साबिक गाईखुर–८, मिरकोट–२ र ८ का लागि सञ्चालित देउकोट खानेपानी आयोजनाबाट ८ सय २४ जना, आरुपोखरीको स्तुलखोला आरुपोखरी खानेपानी आयोजनाबाट १ हजार ३ सय ७५ जना, बोर्लाङ्गको १, २, ३, ८ र ९ का लागि सञ्चालित भिमसेन स्थान खानेपानी आयोजनाबाट १ हजार २० जना, मुच्चोक १, २, ४, ५, ६, ७ र ९ को लागि सञ्चालित अजिरकोट मुच्चोक खानेपानी आयोजनाबाट २ हजार ८ सय ९६ जना लाभान्वित भएका छन । उता बुंकोट २ र ८ का लागि सञ्चालित कोटकाली बहिखोला खानेपानी आयोजनाबाट ६ हजार ५ सय जना, तान्द्राङ्गको वेथुम कचौरीचौर खानेपानी आयोजना र ताक्लुङ्गको तोरेन लिफ्ट् खानेपानी आयोजनाबाट ३ हजार २१ जनाका साथै जौबारीको धारापानी जौबारी खानेपानी आयोजना, घ्याल्चोकको बेनीघाट सिउरिनीटार खानेपानी र आँपपिपलको ८ र ९ को लागि सञ्चालित आँपपिपल खानेपानी आयोजनाबाट मात्रै ३ हजार ७ सय १२ जनाले स्वच्छ पिउने पानी प्रयोग गर्न पाएका छन ।
यसै बर्ष सम्पन्न भएका आरुचनौटेको गर्दुमपाखा आरुघाट खानेपानी आयोजना, नामजुङ्गको वडा नम्बर ६, ७ र ८ को लागि सञ्चालित नामजुङ्ग खानेपानी आयोजना र बुंकोट ५ को लागि सञ्चालित बुंकोट कोटथोक खानेपानी आयोजना बाट २ हजार ३ सय ११ जना गरी कुल २४ हजार ९ सय २२ जनाले स्वच्छ पिउने पानी उपभोग गर्न पाएको बोहोराले बताए ।यो बर्ष सम्पन्न भएका योजनाहरु मध्ये बुंकोटको बुंकोट कोटथोक खानेपानी आयोजना यसै आर्थिक बर्ष शुरु भएर सम्पन्न भएको हो भने गोेरखा दरर्बार र गोरखा क्याम्पस, देउकोट र स्तुलखोला आरुपोखरी खानेपानी आयोजना भने बिगत ८ बर्ष देखी काम हुदै आएको थियो । यी आयोजना बने जिल्ला भरका २४ हजार ९ सय २२ उपभोक्ता लाभाम्वित भएका छन् ।
जिल्लाका सोह्र ठुला खानेपानी योजना सम्पन्न
जिल्लाका सोह्र ठुला खानेपानी योजना सम्पन्न
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


