डा. एबिन कुँवर
सर्बप्रथम त गोरखा जस्तो संसारमा छुट्टै पहिचान र नाम रहेको जिल्ला को मेयर जस्तो गरिमामय पद मा चुनाब जित्नु भएकोमा बधाई छ । यसपालीको गोरखाको चुनाब गोरखा बासिले साह्रै नै उत्सुकताका साथ हेरेका थिए किनकि ४ मेयर का उमेदबार मा ४ जनामा नै आ–आफ्नो छुट्टै बिशेषता थियो । उमेर अनुसार हेर्ने हो भने बिशेश्वर कट्टेल (१ पटक मेयर भैसकेका अनुभबी, बिकाशको केहि आशा जगाएका, बिद्वान व्यक्तित्व), कृष्ण राना (साह्रै नै सोझो, इमान्दार, केहि खोट नलागेको, बिकाश प्रेमी सबैले मन पराउने व्यक्तित्व), ज्ञानेन्द्र कुमाल (सभासद को अनुभब भै सकेको, जल्दा बल्दा भिजनरी, प्लानर युवा) जस्ता हस्ती हरुलाई पनि भारी मतले हराई तपाइलाई नगर बासि ले छान्नु भनेको तपाई ले नगर मा बसी नगर बासि को मन जित्नु भएको रहेछ भन्ने गतिलो प्रमाण हो ।
म बिगतको बारेमा कोट्याई आलोचना र प्रसंसा गरि रहन चाहन्न । आफुपनि यहि नगरबासि भएको र तपाईको प्रत्येक निर्णय, योजना मा गोरखा बासि को साथ साथ मेरो व्यक्तिगत स्वार्थ पनि मिसिएको हुनाले मैले देखे जानेको केहि सल्लाह सूझाब दिन चाहन्छु । जुन तपाइलाई अब को बाटो अगाडी बढ्न को लागि केहि थोरै भए पनि सहयोग मिलोस । करिब ११,००० घरधुरी र करिब ४०,००० जन संख्या भएको हाम्रो नगरपालिका को बजार को पक्कि घरहरु छोडी बाकी व्यक्तिगत (घर , टहरा) , बिद्यालय , धार्मिक, सास्कृतिक धरोहर भत्किएर ठुलो जनधनको क्षति भै एक किसिम को निरासा र आत्मबल कमजोर भएको अवस्था छ । यस्ता निरासाजनक अवस्था को जनता लाइ केहि आशा र आत्मबिश्वास जगाउनु पहिलो कर्तब्य हुन जान्छ । यी त भए सधै भरि सुनिएको कुराहरु अब थोरै प्रसङ्ग बदलौ ।
कसरी गर्ने त हाम्रो नगर को बिकाश ?
गोर्खाको बिकाश को ३ खम्बा भनेको मेरो विचार मा:
१. सम्बन्धित बिषयको बिज्ञ संग को छलफल, सल्लाह र सुझाब लिएर बिकाशका योजना बनाउने,
२. पर्यटन, कृषि, रेमिट्यान्स, जलबिधुत र जडिबुटी को सहि सदुपयोग र
३. सम्पूर्ण राजनीतिकदल हरुसंग सहकार्य गरी सम्पूर्ण ध्यान बिकाशमा केन्द्रित गर्ने र आफ्नो राजनीति कार्यक्रम गतिबिधि सबै बन्द गर्ने ।
यी माथि उल्लेखित ३ खम्बा को कार्यान्वयन गर्न को लागि तत्काल नगरी नहुने भनेको नगरपालिकाको सर्भे हो । यसको लागि “सेकेण्डरी डाटा” नगरपालिका, जि. बि. स., अञ्चल र केन्द्र बाट लिई “प्राइमरी डाटा” भने गोर्खा को २ क्याम्पसको प्रोफेसर र बिधार्थीको सहकार्य मा सर्भे गर्न लगाउने । सर्भेमा बिशेष गरी नगरको पारिवारिक, आर्थिक, शैक्षिक, पर्यटकीय, कृषि, बजार माग, नगरमा खपत हुने बस्तु को परिमाण अवस्था आदि को डाटा लिने र डाटाको बिश्लेशण गर्ने । जसले गर्दा प्रत्यक वडाको डाटा बन्न्ने छ र त्यसलाई पकेट डायरी बनाई सम्पूर्ण कर्मचारी लाइ बाड्ने, डिजिटल मा परिबर्तन गरि जहिले जहाँ बाट पनि हेर्न सक्ने बनाउने । जसले गर्दा काम गर्न सजिलो हुन्छ । उदाहरणको लागि वडा भेला गरि के के छ समस्या भनि सोध्ने हो भने धेरै समस्या देखिन्छ कुनै पुरा गर्न सकिएला भने कुनै पुरा गर्न नसकिने । डाटा जम्मा भै सकेपछि बिज्ञहरुसंग सल्लाह गरि नियम, कार्यसुची बनाउने ।
जस्तै धेरै आम्दानी भएको जनता बस्ने वडामा उनीहरुलाई पनि केहि लगानी, सहयोग गर्न लगाई बिकाशमा सहभागी गर्न लगाउने । चिल्ड्रेन पार्क बनाउनको लागि कम्ति मा यति जना बालबालिका हुनु पर्ने, पिकनिक स्पोर्ट बनाउन को लागि यो यो बिसेषता, वर्षमा कम्ति मा पनि यति जना ले पिकनिक मनाएको हुनु पर्ने आदि । वडा, नगरको डाटालाइ आधार बनाइ काम गर्ने हो भने परिणाम पनि छिट्टै आउछ र अनुमान पहिले नै गर्न सकिन्छ । अब ति ३ खम्बा को बारेमा थोरै छलफल गरौ ।
१. सम्बन्धित बिषयको बिज्ञ संग को छलफल, सल्लाह र सुझाब लिई बिकाशको योजना बनाउने गोर्खा जिल्ला धेरै पहिले देखिकै विद्वान, सुरबीरहरु ले प्रख्यात भएको जिल्ला हो । हामीले सबै भन्दा धेरै प्रधानमन्त्रि पायौ, कति मन्त्रि, कति सभासाद, डाक्टर, इन्जीनर, प्रोफेसर, अर्थसास्त्री, ब्यापारी, अगुवा किसानहरु पायौ भनि भनि रहन नपर्ला । जुनसुकै व्यक्तिलाइ पनि आफ्नो जन्मेको ठाउँ प्यारो लाग्छ र केहि देन गर्न पाए भन्ने लागेको हुन्छ । त्यसमा पनि अझ विदेश मा हुने हरु त अझै होम सिक नै भएका हुन्छन । ति व्यक्तिहरु मध्ये बाट सम्बन्धित बिषयका ज्ञाताहरुको सल्लाह, सुझाब, लिई योजना बनाउदा सहकार्य गर्न सकेको खण्ड मा राम्रो योजना बन्ने हुन्छ । किनकि तपाई १ जना मेयर को मात्र बिज्ञताले केहि गर्ने वाला छैन । तपाईको काम भनेको जनता र सरकारको बीच मा पुल बनि राम्रो नीति निर्माण गर्न लगाउने, योजना हरुको निरिक्षण, कार्यान्वयन गर्न लगाउने हो ।
२. पर्यटन, कृषि, रेमिट्यान्स, जलबिधुत र जडिबुटीको सहि सदुपयोग ।
पर्यटन
बिधार्थी बाट लिगेको डाटा बाट थाहा हुने छ कि जिल्लामा कति पर्यटक (बिदेसी, स्वदेसी) आए ? तिनीहरु ले कति खर्च गरे ? के के कुरा मन पराए, के कुरा मन पराएनन् ? फेरी दोहोराएर आउने भए कि नआउने भए ? के के चाहादा रहेछन त ? के कुरामा बिशेष ध्यान दिदाँ रहेछन् त ? ति यावत कुराहरु थाहा भएपछि पर्यटनमा सुधार गर्न पर्ने कुराहरु देखिदै आउछ । हाम्रो मुख्य कमजोरी भनेको नै डाटा बिनाको हावा योजना हो र त्यस्ता योजनाले पनि हावा नै खान्छ । साधारणतया गोर्खामा आउने भनेको अन्तरिक पर्यटन (इतिहास बुज्न) र बिदेसी पर्यटक दृष्याबलोकनको लागि नै हो । उनिहरुले खोज्ने भनेको साधारणतया गोर्खा झल्किने बस्तुको मिश्रण भएको रहन सहन, भेष भुषा, सरसफाई र सँस्कार हो । बाँकी कुरा डाटा र बिज्ञले जे भन्छन त्यहि अनुसार हिडे भयो ।
कृषि
गोर्खा कृषि कार्यालयका बिज्ञ, अगुवा किसान, देश विदेश मा रहेका अन्य बिषय बस्तु को बिज्ञ, कृषि मा लगानी गर्न सक्ने ब्यापारी या लगानी कर्ता को समिश्रण बाट नयाँ गोर्खा चिनाउने बस्तु को उत्पादन गर्नु तत्काल को आवस्यकता हो । जस्तै गोर्खा लाइ चिनाउने भनेको सुरबीर हरुको जिल्ला भएको ले खुकुरी या तरबार को सेप भएको सुन्तला या स्याउ को रक्सि, गोर्खा सुन्ताला खेति हुने जिल्ला भएको कारणले गर्दा सुन्ताका को जाम, जुस लगाएत अन्य उत्पादकहरु आदि उत्पादन गर्न सकिन्छ जसले गर्दा नगरमा नयाँ रोजगारि को सिर्जना भइ नगर विकास मा पनि टेवा पुग्न सक्छ । पर्यटकहरुले पनि निर्धक्क संग जिल्ला घुम्दै र खर्च गर्दै फर्कने बेलामा कोसेली पनि यहिकै किन्न सकेमा नगरको आम्दानी बढ्ने छ ।
रेमिट्यान्स
गोर्खा नगर रेमिट्यान्स धेरै भित्राउने सहर मा पर्दछ जस्तो लाग्छ (सायद डाटाले अझ प्रस्ट संग देखाउला) ति भित्रिएका रेमिट्यान्स घर, जग्गा, खरिद, बच्चाको पढाई मा मात्र खर्च भएको हुन सक्दछ । के कस्तो कार्यक्रम ल्याउन सकेमा उत्पादक क्षेत्रमा पनि लगानी बढ्दछ भनि सोच्ने बेला आइसकेको छ ।
जलबिधुत
जलबिधुत को लागि बिज्ञ को सल्लाह, नगरबासी को लगानी र सकेसम्म निर्माण पनि नगरबासी को गर्न सकेमा पुरै जिल्ला को बिकाश मा टेवा पुग्ने छ । सम्भावना भएको ठाउँ हेर्ने हो भने (दरौदी, लुदी खोला, फिनाम खोला आदि ) पर्दछन । गोर्खा मा भएको जडिबुटी उधोग लाइ अझ व्यस्थित र बिस्तार गरि आवस्यक पर्ने कच्चा पदार्थ नगर भित्र नै भएको सामुदायिक या निजि बन मा लगाई आम्दानी बढाउन सकिन्छ । अब को जमाना मा फोहोर लाइ कहाँ फाल्ने भनि टाउको दुखाउने दिन गयो । फोहोर संकलन केन्द्र प्रत्यक वडा मा बनाउने, फोहोर लाइ बिभाजन गरि (सड्ने फोहोर बाट मल, नसड्ने फोहोर लाइ रिसाइकल, (पुनःपयोग, पुनःप्रसोधन) गरि सक्दो फोहोरो कम निकाल्ने । जिल्ला भरि खुलेको त्यति बिधि संग संस्था संग सहकार्य गरि यी काम गर्न सकिन्छ ।
३. सम्पूर्ण राजनीतिक दल हरुसंग सहकार्य गरि सम्पूर्ण ध्यान बिकाश मा केन्द्रित गर्ने र आफ्नो राजनीति कार्यक्रम गतिबिधि सबै बन्द गर्ने ।
गोर्खालीहरु को बिसेषता भनेको मिलनसार, अनुसासित र मेहिनेती हो । नगर भित्र धेरै पार्टी, संघ संस्था छन् । उनीहरुलाई एक अर्का मा झगडा पारेर हैन कि बिकाश मा सहभागी बनाई जनता को माझ मा ल्याउनु नै नगर प्रमुख को काम हो । आफु ले नगर प्रमुख रहुनजेल सम्म राजनीति गतिबिदी मा भाग नलिने प्रतिज्ञा गरि सम्पूर्ण पार्टी, संघ संस्था संग सहकार्य गरि (PDCA साइकल) अनुसार योजना बनाउने (Plan), योजनाको थालनी (Do), निरिक्षण (Check), कार्यान्वयन (Act), गरेमा अवस्य सफल हुने छ ।
यी माथि उलेखित कार्य हरु ले बाटो लिन थाले पछि ठुला ठुला कुरा हरु गरौ ।
जस्तै :
- नगर मा १ अनुसन्धान केन्द्र (लाहुरे जनजाती, भेषभुषा अनुसन्धान, कृषि अनुसन्धान, हिमाल अनुसन्धान, पर्यटन अनुसन्धान आदि ) को निर्माण ।
- विदेशका सहरहरु संग भगिनी सम्बन्ध (जस्तै जापान को पुरानो राजधानी क्योतो सहर जुन गोर्खा संग धेरै कुरामा मेल खान्छ ) बनाउने ।
- दरौदी, लुदी खोला मा ड्याम बनाई बिजुली निकाल्नु को साथ साथै डुंगा संचालन, माछा पालन, वरिपरि रिङ्गरोड, केवलकार निर्माण ।
- ग्रिन टुरिजम, ईको टुरिजम, होमस्टे, ट्रेकिंग, सुर्योदय, सुर्यास्त, लाहुरे परिबेस झल्कने पार्क, भुकम्प पछिको पुननिर्माण हेर्न को लागि बिधार्थी र अनुसन्धानकर्ताको आगमन बढाउने (जापान ले हिरोसिमा, नागासाकी, र २०११ को भुकम्पले असर गरेको फुकुसिमा क्षेत्रमा त्यस्ता पर्यटक बर्षेनी लाखौ भित्राउछ ) ।
राजनजी,
मेयर हुनासाथ सुरु गर्नु भएको गोरखकाली रबर उधोग को संचालन को कुरा, औधोगिक क्षेत्रको लागि गोर्खामा जग्गा को ब्यबस्था गर्ने जस्ता समसामुयिक बिषयमा कुरा उठाउनु भयो जुन कुरा स्वागत योग्य छ ।
अन्तमा, मेयर आफै पनि बिभिन्न हण्डर खाइ यहाँ सम्म आइपुग्नु भएको छ । उनीमा युवा जोश छ । त्यो जोस लाइ राम्रो बिज्ञ, सल्लाहकारको साथ पाई सहि सदुपयोग गर्न सकेमा हाम्रो गोर्खाले केहि वर्ष मा मुहार फेर्ने छ । गोर्खालीहरु ले आफ्नै नगर भित्र रोजगार पाउने छन् र विदेश त जाने छन् तर काम गर्न को लागि हैन कि अध्यन र घुम्न को लागि । नगरको प्रत्येक घर वडा मा १२ महिना नगर बस, कोहि बिरामी पर्दा केहि मिनेट मै एम्बुलेन्स, घटना घट्दा केहि मिनेट मै प्रहरी पुग्ने ब्वास्था छिट्टै हुने आशा राखेका छौ ।
(लेखक डा. एबिन कुँवर Ph.D Agronomist, Tokyo University of Agriculture -Postdoctoral Fellow, भुकम्प र आणबिकभट्टी को रेडियसनले जापानको कृषि मा परेको असर को बारेमा अनुसन्धान गरेको अनुभब 2011-2013, नेपाल को सुन्तला जाति फलफूल को उत्पादन, बजार ब्वास्थान, प्रसार को समस्या र समाधान का उपाय मा पी. एच. डी., हाल जापान को ठुला कम्पनिहरु को कृषि क्षेत्रमा लगानी गर्ने बाताबरण, समस्या र समाधान को उपाय मा अनुसन्धान गर्दै, www.nihonepal.com अन लाइन पत्रिका को प्रधान सम्पादक हुन)




















