कैलासबावु श्रेष्ठ/गोरखा
जिल्ला कृषि बिकास कार्यालय गोरखाले बर्षेनी गर्दै आएको रोपाई महोत्सव यो बर्ष पनि भएको छ । यस पटक भने सदरमुकामबाट पर सिरानचोक गाउँ पालिकामा रोपाई महोत्सवको आयोजना गरेको थियो ।

सिरानचोक गाउँ पालिकाको वडा नम्बर ६ को महटारमा आयोजना गरीएको महोत्सवलाई जिल्लामा कार्यरत विभिन्न गैर सरकारी संघ संस्थाहरुले प्रायोजन गरेको थियो ।

‘दुई बाली धान खेतीको बिस्तार, आर्थिक समृद्विको आधार’ भन्ने नाराका साथ आयोजित महोत्सवमा किसान देखी जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मको सहभागीता रहेको थियो ।

सरकारी काम नै छाडेर हिजोमा रमाउन पुगेको प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु तथा प्रायोजक, पत्रकार र किसानहरुले मज्जाले हिजो छेपाछेप गरेका थिए ।

जिल्लाको १२ हजार ९० हेक्टर जमिन मध्ये असारको मध्ये सम्ममा केबल ८ प्रतिशत खेतमा मात्र धानबाली लगाइएको कार्यालयले जानकारी दिएको छ ।



























