मोहसिन अली मियाँ/गोरखा
असार १४ गते । गोरखा नगरपालिका वडा नम्बर १ र २ साविकको ताप्ले गाविसलाई साक्षर घोषणा गरिएको छ । मंगलबार वडा नम्बर २ स्थित महालक्ष्मी माध्यामिक विद्यालयमा एक औपचारिक कार्यक्रमका बिच साक्षर घोषणा गरिएको हो ।
गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्तले आयोजित कार्यक्रममा दुबै वडालाई संयुक्त रुपमा साक्षण घोषणा गरेका हुन् । वडा नम्बर २ का वडा अध्यक्ष रहमतुल्ला मियाँको अध्यक्षतामा भएको कार्यक्रममा विषेश अथितीका रुपमा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको उपस्थिती रहेको थियो । एक मावि, एक निमावी र पाँच प्रावि रहेको साविकको ताप्लेमा ९७.४६ प्रतिशत साक्षर रहेको बताइएको छ । वडा नम्बर २ का अध्यक्ष मियाँले कार्यक्रममा प्रतिवेदन सार्वजानिक गरेका हुन् ।
कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथी पन्तले आफ्नो कार्यकालको सुरुवातमै नगरका सम्पूर्ण वडाहरुलाई साक्षर घोषणा गर्न पाउदा खुसी लागेको बताएका थिए । त्यस्तै उनले नगरपालिकाले आगामी बर्षका लागि बनाउने योजना र बजेटमा कन्जुस्याइ नगरी बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथी समेत रहेका जिल्ला शिक्षा अधिकारी सुवेदीले अहिले शिक्षा कार्यालय जिल्लालाई नै साक्षर बनाउने अभियानमा लागेको बताएका छन् । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हिक्मत बहादुर कुँवर, पूर्व गाविस अध्यक्ष एवम महालक्ष्मी मावीका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष देविप्रसाद श्रेष्ठ, सोही विद्यालयका प्रधानध्यापक बिष्णु बहादुर थापा, जनज्योती निमावीका प्र.अ. भिम बहादुर श्रेष्ठ, माओवादी केन्द्रका कलाधर भट्ट लगायतले मन्तब्य राखेको वडा नम्बर २ का अध्यक्ष मियाँले जानकारी दिएका छन् । घोषणा कार्यक्रममा वडा नम्बर १ र २ भित्रका सबै विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीयको पनि उपस्थिती थियो ।
साविकको ताप्ले गाविस भयो साक्षर घोषणा
साविकको ताप्ले गाविस भयो साक्षर घोषणा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


