×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा न.पा.को विकास एक संक्षिप्त अवधारणा

  •  
  • बुधबार, असार १४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बद्री मास्के

    प्रस्तावना :
    संघिय लोकतन्त्रको घोषणा पछि निर्वाचित स्थानिय सरकारवाट जनताले धेरैकुराको आशा गरेका छन । जनतालाई दिईने सेवा सुविधाहरुको पुर्ण जिम्मेवारी केन्द्रीय सरकार र स्थानिय सरकारले लिनुपर्ने हुन्छ । जनप्रतिनिधिहरुले आफुहरु जनतामाथि शासनगर्नका लागि चुनियको नभै उनिहरुको सेवागर्नका लागि होभन्ने सम्झनु पर्छ । तसर्थ, नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका जनताले तत्काल राहत महशुष गर्नेखालको सेवासुविधाका कार्यहरु तत्कालै शुरुगरि देखाउनु पर्छ । ताकि, जनताले जनप्रतिनिधि चुनेपछि सेवासुविधा पाएको महशुष गरोस् । जनताले पनि आफुले चुनेर पठाएको जनप्रतिनिधि माथि पुर्ण विस्वास गरि उनिहरुले ल्याएको विकास निर्माणमा सहयोग गर्नुपर्छ र गलत कामका लागि सचेत गराउनु पनि पर्छ । विकास निर्माणमा मोलाहिजा गर्नुहुँदैन, जनचाहना अनुरुप धरातलले मागेको सुहाउँदो विकासका नक्शा कोर्नुपर्छ । अनिमात्र आफ्नो ठाउँ र जमिन सुहाउँदो विकास हुनेछ ।

    नयाँ संघिय लोकतान्त्रिक संविधानले दिएको अधिकार अनुसार गोरखा नगरपालिका स्थानिय सरकारमा परिणत भएकोछ । यस स्थानिय सरकारले आफ्नो क्षेत्रको विकास र नागरिकको सेवासुविधामा आँखा चिम्लेर लाग्नुपर्छ, यसको मतलब नडराईकन साना र ठुला सबै योजनाहरुलाई समेट्नु पर्छ । आफ्नो ठाउँको विकासका लागि आफ्नै हातले योजना बनाउँदा पनि खुट्टा कमाउनुृ पर्ने कुनै कारण छैन । तसर्थ, नगरपालिकाको योजना बनाउँदा ठुला र साना योजनाहरुलाई महत्वका साथ अगाडि बढाउनु पर्छ । नगरक्षेत्र र औद्योगीक क्षेत्रको आयोजनाहरुमा “सार्वजनिक–निजि–साझेदारी” निति अन्तरगत योजना लागु गर्नुपर्ने देखिन्छ । योग्यता, क्षेमता, दक्षता र अनुभवलाई लुकायर राख्नेचिज होईन । अथवा अरुलाई देखाउन र धागदिनका लागि मात्र होईन, यसलाई प्रयोगगरि काम गरेर देखाए पछि मात्र चुनावमा बाँडेको आस्वासन ठिकभएको प्रमाणीत हुन्छ, अन्यथा गफैमात्र रहेछ भन्ने देखिन्छ । यसर्थ, मेरो मानस पटलले देखेको गोरखा नगरपालिका भित्र गर्नुपर्ने सेवासुविधाका कामहरु र विकास आयोजनाहरुका संक्षिप्त खाका प्रस्तुतगर्न चाहान्छु ।
    विदेस भ्रमणमा मैले के देखेँ ?
    विकसित मुलुक पनि आफै बनेका होईनन् । उनिहरुको लगनशिल र सहि निर्णयका आधारमा गरेका कामहरुको उपलब्धि हुन् । जुनसुकै देसमा पनि गर्नुपर्ने पहिलो विकास भनेको नागरिकलाई चाहिने सेवा र सुविधाहरु हुन् । यो भनेको, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई, बसोवास, बाटो, यातायात, ढल र व्यवस्थित बजार हो । यसपछि नयाँनयाँ प्रविधिका साधन र श्रोतहरु हुन् । विकसित देसहरुले यसैको विकास गरेका छन । उनिहरुले गरेको विकास देख्दा मानिसको चाह्यो भने जस्तोसुकै कामपनि सम्भव छ हुँदोरहेछ भन्ने लाग्यो । उनिहरु समुदायलाई आवश्यक परेको योजनाहरुको पहिचान गर्न सफल छन र बजेटलाई सहि सदुपयोग गर्नसक्छन भन्ने देखियो । जुनकुराले समुदायलाई प्रत्यक्ष फाईदा पुग्ने देखिन्छ, सोहि कामलाई प्राथमिक्तामा राखेको देखियो । उनिहरुको कामगर्ने परिपाटी स्पष्ट, छिटोछरितो, आशातित् उपलब्धि प्राप्तगरेको देखियो । जनता सरकारलाई सहयोग गर्नतयार छन् भने सरकार जनताको सेवागर्न तयार भएको देखिन्छ । विकास निर्माणमा सकेसम्म अत्याधुनिक प्रविधिहरु प्रयोग गरेको देखिन्छ । उनिहरु भन्छन् नयाँप्रविधि भनेको पुरानो प्रविधिलाई सुधार गरेर उत्तम, थप सुविधाहरु बनाईएको होभन्ने ठान्छन । अनि पुरानोलाई परिवर्तन गरि नयाँ प्रविधिवाट कामगर्न शुरुगरि हाल्छन । सरकार र जनता दुवैपक्ष पध्दतिलाई अति विस्वास गरेको देखियो । तसर्थ, विकसित देसहरुमा प्राकृतिक सुन्दरता भन्दा मानिसले निर्माण गरेको विकास धेरै देखियो । जस्तो किः

    •  फोहोर व्यवस्थापन र सरसफाईलाई अति महत्व दिएको पाईयो ।
    • तुलफुल, बोटवीरुवा मानव संरक्षक संझेर त्यत्तिकै महत्व दिएको पाईयो ।
    • नागरिकहरु पध्दतीलाई पच्छाउने, अनुशासीत, लगनशिल भएको देखियो ।
    • सडकहरु खाल्टाखुल्टी नभएको धुलो नउड्ने देखियो । सेवाग्राहीलाई अवरोध नहोस भनि रातमा मर्मतसंभार गरेको देखियो ।
    • माछामासु, सागसब्जी, फलफुलहरु विशेसज्ञको जाँचपछि मात्र विक्रिमा ल्याउने गरेको पाईयो ।
    • गाडिको हर्नबजाएको कतै देखिएन, बजार क्षेत्रमा ठुला गाडिहरु देखिएन । बस र ट्रेन ५/५ मिनेटमा यात्री होस् या नहोस हरेक स्टेसनमा तोकियको समय रोकिने गरेको पाईयो ।
    • प्रायजसो बृध्दाहरु स्याहारकेन्द्र वा बृध्दाश्रममा बस्नेगरेको पाईयो । र उनिहरुलाई निशुल्क उपचार गरेको देखियो ।
    • घरघरमा ग्यास, तातो र चिसो पानीको लाईन वितरण गरेको देखियो । विद्युत कहिल्यै अवरुध्द नहुने देखियो ।
    • हरेक सरकारी सेवामा पर्खनु नपर्ने, छिटोछरितो कामगरेको देखियो ।
    • पुरातात्वीक र ऐतिहाँसीक बस्तुहरुको पुर्ण संरक्षण गरेको पाईयो ।
    • हरेक कामकुरामा अत्याधुनिक औजारहरु प्रयोग गरेको देखियो ।
    • सुरक्षा व्यवस्था कडा भएको पाईयो । आदी…….
      अब म गोरखा नगरपालिले गर्नुपर्ने सेवासुविधा र विकासका कामहरुको वारेमा संक्षिप्त चर्चागर्न चाहान्छु ।
      जनभावनाको कदर :
      नयाँ लागुभएको संघिय लोकतन्त्रको संविधानाले दिएको नयाँ स्थानिय सरकार संग जनताले धेरैकुरा आशा गरेकोछ । मानिस कोहिपनि सबै विषयमा सक्षम वा विज्ञ हुँदैन । तसर्थ, अनुभवी तथा विज्ञहरुको भावना र धारणा बुझेर नगरपालिकाको सेवासुविधा र विकासको कामगर्नु उचित हुनेछ । जनप्रतिनिधिहरुले जनचाहना र जनभावना अनुसार कामगर्नु वेसहुन्छ । किनभने, जनता आफुले चाहे अनुसारको कामकुरा पायोभने उस्को आत्मा सन्तुष्टीका साथै खुसि हुनेछ । त्यसैले जनचाहना थाहापाउन र अनुभवी तथा विज्ञहरुको रायसुझाव संकलनका लागि छलफल र गोष्ठी अति आवश्यक छ । यसरि छलफल र गोष्ठीवाट प्राप्त सुझावलाई समेटेर नगरपालिकाले ५ वर्षभित्र गर्ने सेवासुविधा, अल्पकालिन योजना र दिर्घकालिन योजनाको खाका सार्वजनिक गर्नु उचित हुनेछ । यो सार्वजनिक गरेको खाकाले नागरिकलाई शु–सुचित हुने र उनिहरुको आत्मा विस्वास पनि बढ्नेछ । तसर्थ, गोरखा नगरपालिकालाई वार्षीक तथा पञ्चवर्षीय योजना तर्जुमागर्न सजिलो होस्भन्ने खातिर यो संक्षिप्त अवधारणा प्रस्तुत गरिएकोछ ।


      १. सेवासुविधाका कामहरुः (एकवर्ष भित्र गर्नुपर्ने सेवासुविधाहरु)

    • नगरको सार्वजनिक स्थलको सरसफाई र फोहोर उठाउने कार्यलाई छिटोछरितो तरिकावाट गराई नागरिकलाई तत्काल सेवापाएको महशुष गराउनु पर्ने ।
    • कार्यालयवाट दिईने सेवासुविधाहरुः सिफारिस, चिठिपत्र, स्विकृति, निर्णय आदी कार्यहरु छिटोछरितो भएको महशुष गराउनु पर्ने । सेवाग्रहीहरु भिडभाड् गरि बस्न नपरोस ।
    • कर प्रणालीमा सरल, सहज, शुलभ र पारदर्शी भएको नागरिकलाई महशुष गराउनु पर्ने ।
    • नागरिकहरुलाई हरेक कामकुराको सु–सुचित गराउन सुचना प्रविधिलाई चुस्त बनाउनु पर्ने ।
    • कार्यालय भित्र र बाहिर सरसफाई र श्रृंगार (चर्पी, बगैंचा, फाईलिङ्ग, वातावरण आदी) गरि हेर्नलायक बनाउनु पर्ने ।
    • सबै रिकर्डीङ्ग सिष्टमलाई कंप्यूटर मार्फत सर्भरमा राख्नेव्यवस्था मिलाई विस्वासिलो बनाउनु पर्ने । ताकि, फाईल र ढड्डा खोज्न कर्मचारीले घण्टौं नलागोस् ।
    • सडक पेटीमा व्यापारगर्ने, जथाभावी सामान राख्ने र पार्कीङ्ग गर्नेहरु हटाउनु पर्ने र पैदल यात्रीलाई सहज यात्रगर्न दिनुपर्ने ।
      ड्ड सानागाडि र मोटरसाईकीलको पार्कीङ्ग व्यवस्था गर्नुपर्ने ।
    • तरकारीबजार र बदशालाको व्यवस्था तुरुन्त गर्नुपर्र्र्ने र बजारमा ल्याउनुअघि विशेषज्ञवाट जाँचगराई प्रमाणपत्र लिने व्यवस्था गर्नुपर्ने । (हरेकदिन तरकारी बजार र बदशालाको निरिक्षण गराउनु पर्ने)
    • हरेक हप्ता न.पा.भित्रको होटेल तथा रेष्टुरेण्टहरुको निरिक्षण गराउनु पर्ने ।
    • बजार क्षेत्रमा ठुलाहर्न बजाउन रोकलगाई ठुलागाडिहरुको प्रवेशमा समयसिमा तोक्नुपर्ने ।
    • नगरपालिका क्षेत्रभित्र हरेक घण्टामा माईक्रोबस सन्चालनको व्यवस्था गर्नुपर्ने ।
      ड्ड बृध्दबृध्दाको लागि विशेष कार्यक्रमहरु ल्याउनु पर्ने ।
    • बालगृह तथा हेरविचार केन्द्रहरु सन्चालन गर्नुपर्ने । यसले अविभावकले कामगर्ने मौका पाउन् ।

      २. अल्पकालिन योजनाहरु (दुईवर्ष भित्र सन्चालन गनर्ने योजनाहरु)

    • निश्चित अवधि भित्रमा उपभोक्ता सचेतना कार्यक्रमहरु, सडक बत्तिहरु, फ्रिवाईफाई, सडकमा सिसि क्यामेरा, सुरक्षा व्यवस्था आदी लागुगर्नु पर्ने ।
    • न.पा.भित्रका वेरोजगार यूवायूवतीहरुलाई रोजगारी मुलक विभिन्न तालिमहरुको व्यवस्था गर्नुपर्ने ।
    • विभिन्न कामको योजना तर्जुमाका लागि तालिम, गोष्टी र छलफल कार्यक्रमहरु गर्नुपर्ने ।
    • ऐतिहाँसीक, पुरातात्वीक, धार्मीक स्थलहरु र वन्यजन्तुको संरक्षण र सुधारको व्यवस्था गर्नपर्ने ।
    • खानेपानी तथा सरसफाई अन्तरगत सार्वजनिक शौचालयहरुको व्यवस्था गर्नुपर्ने ।
    • रोजगारी श्रृजनाका लागि फलफुलखेति, नगदेवाली र पशुपालनको कार्यक्रमलाई विशेष निति अन्तरगत व्यापक बनाउनु पर्ने ।
    • उत्पादीत फलफुल तथा तरकारीहरु विक्रि वितरणको कृषकले चिन्तालिन नपर्नेगरि सहकारी, व्यापारि मार्फत निकासीको विशेष व्यवस्था गर्नुपर्ने ।
    • नर्सरि, बृक्षारोपण, नगर गार्डेनीङ्ग र फुटपाथ हेर्नलायक बनाउने व्यवस्था गर्ने ।
    • वस्ति विकास, सडक मर्मतसंभार तथा विस्तार, ल्याण्डफिल्ड साईटको व्यवस्था गर्ने ।
    • पोष्टर, पम्प्लेट, गाईडबुक, ट्रेकिङ्ग रुट खोल्ने र ऐतिहाँसीक विषयमा डकुमेण्ट्री तथा लाईट एण्ड साउण्डको व्यवस्था गरि पर्यटन सुचना केन्द्र सन्चालन राम्रोगर्ने ।
    • धार्मीक स्थलहरुको महत्व र यसको औचित्य माथि प्रकासर्पौ विभिन्न मेडिया मार्फत प्रचारप्रसार गर्नुपर्ने ।
    • नगर क्षेत्रको पैदल हिड्ने बाटोहरुको निर्माण तथा मर्मतसंभार यथाशक्य चाँडोगर्ने ।
    • सडकको दायाँवायाँको कच्चिभाग, खाल्टाखुल्टी पुर्नेकाम गर्ने । यसवाट बजारमा धुलो उड्ने, फोहोर हुने हट्नेछ ।

      ३. दिर्घकालिन आयोजना (पाँचवर्ष भित्र निर्माण गरिने आयोजनाहरु)

    • देउरालीको रबर उद्योग सहितको वरिपरिका टारहरुमा “सार्वजनिक–निजि–साझेदारी” कार्यक्रम अन्तरगत औद्योगीक क्षेत्र निर्माण गर्नुपर्ने । किनभने, यसठाउँवाट राजमार्ग नजिक पर्ने भएकोले ढुवानीमा दोहोरो मर्का नपर्नेहुँदा उद्योग संचालनलाई सहज हुनेछ ।
    • देउरालीको डाँडातिर बसोबास, फलफुल खेति, पर्यटकीय स्थल र होटेलहरुको सुविधा उपलब्ध गराई पर्यटकहरु घुम्नसक्ने ठाउँ बनाउनु पर्ने ।
    • कर्माफाँट, कुन्दुरटार, बोकरलोक फाँट र अन्य वरपरका फाँट तथा टारहरुमा सामुदायीक कृषी फार्मको विकास गर्नुपर्ने ।
      ड्ड कुन्दुर, छेपेटार, विरिन्चिोक देखि कट्टेल डाँडा र नारेस्वर सम्म सबै सुविधा भएको बस्ति विकास गर्नुपर्ने ।
    • पस्लाङ्ग देखि रानीवन सम्मको डाँडा वरपर पर्यटकीय पार्कहरु, भ्यूटावर, धार्मीक तथा ऐतिहाँसीक स्टाच्यूहरु, चिडियाखाना, स्मृतिपार्क आदी निर्माण गर्नुपर्ने ।
    • कुनैपनि शहरबजार नजिक ठुला गाडिहरुको आवागमन र बसपार्क बनाईएको हुँदैन । गोरखाबजार पनि शहरीकरण भईरहेको हुँदा ठिमुरेस्वारा मुनीको फाँटमा लामो दुरिको बसपार्क निर्माण गर्नुपर्ने । यसलाई “सार्वजनिक–निजि–साझेदारी” कार्यक्रम अन्तरगत राख्न सकिने ।
    • अहिलेको नयाँ बसपार्कमा नगरपालिका वरिपरि हरेक घण्टामा चल्ने माईक्रो बसपार्क बनाउनु पर्ने
    • अपाङ्ग र बृध्दबृध्दाहरु पनि गोरखनाथ र कालिका भगवतीको दर्शन गर्न जानसकुन भन्ने हेतुले माईक्रोबस पार्क देखि कालिका मन्दीर वरपर सम्म केबुलकार निर्माण गर्नुपर्ने ।
    • खेलकुद मैदानलाई नगरपालिका भन्दातल पिपलेफाँटको जगामा अधिकरण गरि सार्नुपर्ने ।
    • हालको खेलकुद मैदानमा गार्डेनिङ्ग सहितको ठुलोक्षेमताको व्यवस्थित सिटिहल निर्माण गर्नुपर्ने ।
    • गोरखाबजारको उच्च भुभागमा ३ वर्षभित्र दरौंदीको खानेपानी वितरण गरि खानेपानी उपलब्ध गर्ने । न.पा.को अन्य भागमा सरल र सुपथ मुल्यका खानेपानी योजनाहरु सन्चालन गर्नुपर्ने ।
    • बजार क्षेत्रमा चर्पीको लेदो ९ँष्अब िक्गिमनभ० व्यवस्थापनका लागि ढल निर्माण गर्ने । सबै खोल्सीहरुमा ढलहालि माथिवाट फुटपाथ बनाई त्यसको वरपर वस्ति बसाल्नु पर्ने ।
    • चर्पीको फोहोर लेदो ९ँष्अब िक्गिमनभ० बजारको लल्लो भाग वा अन्यत्र पोखरी बनाई थेग्राउने व्यवस्था गर्नुपर्ने । फोहोरलेदो झिकेर सुकाई अर्गानिक मलको रुपमा वितरण गर्नुपर्ने ।
    • ढलवाट निस्केको पानीलाई फुलविरुवाको नर्सरीमा सप्लाई गर्ने । र बजार वरपरको फुलको बगैंचा ९न्बचमभलष्लन० मा सिंचाईको व्यवस्था गर्ने ।
    • विशेषगरि नगरक्षेत्र र नगरपालिकाको बस्तिमा हराभरा बनाउन विशेष निति बनाई रुखविरुवा हुर्काउन विशेष सुविधा प्रदान गर्ने ।
    • फिनाम, नारेस्वर, घलाङ्ग, दुम्सुरी, ताप्ले, आदी गाउँमा पशुपालन, फलफुल खेती र होमस्टेको विशेष योजनाहरु बनाउनु पर्ने ।
    • शिक्षा र स्वास्थ्यमा सुधारका लागि विशेष योजना तर्जुमा गरि लागुगर्नु पर्ने ।
    • रोजगारको शिलसिलामा यूवाहरु वाहिर हुनेहुँदा बृध्दाहरुको विजोग देखिन्छ । तसर्थ, विभिन्न स्तरको बृध्दाश्रमको व्यवस्था गर्नुपर्ने ।
    • नगरपालिकाको सबै वडाहरु सम्म पुग्ने मोटर वाटोहरु पिच गर्ने ।
      निश्कर्षमा :
      कुनैपनि विकास आयोजनाहरु तर्जुमा गर्दा ठुलाठुला लगानीका आयोजनाहरुलाई पनि विशेष प्राथमीक्तामा राख्नुपर्छ । यस्ता आयोजनाहरुले नगरपालिका भित्र रोजगारीको अवसर पनि श्रृजना गर्छ र पर्यटकहरुलाई पनि आकर्षण गर्नेहुन्छ । ठुला लगानीका आयोजनाहरु प्रस्ताव गर्दा कतिपय नागरिकहरुले महत्वाकांक्षि योजना भन्ने ठान्छन् । कहिलेकाही विकासका लागि महत्वाकाँक्षि योजना पनि आँटगर्नु पर्नेहुन्छ । यसरि प्रस्ताव गरिएका आयोजनाहरु सबै पुर्णहुन्छ भन्नेपनि छैन । यो कार्यान्वयन पक्षको लगनशिलतामा भरपर्ने विषय हो । आयोजना तर्जुमा गर्दा निस्वार्थ भावले गर्नुपर्छ, किनभने कुनै आयोजनाले कुनैक्षेत्रलाई बढिफाईदा कुनैलाई वेफाईदा पनि हुनसक्छ । कुनकुन ठाउँमा केकस्तो आयोजना सन्चालन उचित हुन्छ भन्नेकुरा भूबनौटले मागे अनुसारको निर्माण हुनुपर्छ । निजिस्वार्थले जथाभावी निर्माणगर्दा वस्तिको रुपनै फेरिएर कुरुप हुनपुग्ने संभावना हुन्छ । र आयोजनाहरु निर्माण र सन्चालनका लागि “सार्वजनिक–निजि–साझेदारी” निति अनुरुप वा भिन्दाभिन्दै संरक्षण तथा उपभोक्ता समितिलाई जिम्मा दिएमा पुरागर्न सहज हुनेछ । यो सानो अवधारणाले आफ्नो गोरखा नगरपालिकाको विकास योजना तर्जुमा गर्नका लागि सहयोग पुगोस् भन्ने हेतुले प्रस्तुत गरेकोछु ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार १४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.