बद्री मास्के
प्रस्तावना :
संघिय लोकतन्त्रको घोषणा पछि निर्वाचित स्थानिय सरकारवाट जनताले धेरैकुराको आशा गरेका छन । जनतालाई दिईने सेवा सुविधाहरुको पुर्ण जिम्मेवारी केन्द्रीय सरकार र स्थानिय सरकारले लिनुपर्ने हुन्छ । जनप्रतिनिधिहरुले आफुहरु जनतामाथि शासनगर्नका लागि चुनियको नभै उनिहरुको सेवागर्नका लागि होभन्ने सम्झनु पर्छ । तसर्थ, नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका जनताले तत्काल राहत महशुष गर्नेखालको सेवासुविधाका कार्यहरु तत्कालै शुरुगरि देखाउनु पर्छ । ताकि, जनताले जनप्रतिनिधि चुनेपछि सेवासुविधा पाएको महशुष गरोस् । जनताले पनि आफुले चुनेर पठाएको जनप्रतिनिधि माथि पुर्ण विस्वास गरि उनिहरुले ल्याएको विकास निर्माणमा सहयोग गर्नुपर्छ र गलत कामका लागि सचेत गराउनु पनि पर्छ । विकास निर्माणमा मोलाहिजा गर्नुहुँदैन, जनचाहना अनुरुप धरातलले मागेको सुहाउँदो विकासका नक्शा कोर्नुपर्छ । अनिमात्र आफ्नो ठाउँ र जमिन सुहाउँदो विकास हुनेछ ।
नयाँ संघिय लोकतान्त्रिक संविधानले दिएको अधिकार अनुसार गोरखा नगरपालिका स्थानिय सरकारमा परिणत भएकोछ । यस स्थानिय सरकारले आफ्नो क्षेत्रको विकास र नागरिकको सेवासुविधामा आँखा चिम्लेर लाग्नुपर्छ, यसको मतलब नडराईकन साना र ठुला सबै योजनाहरुलाई समेट्नु पर्छ । आफ्नो ठाउँको विकासका लागि आफ्नै हातले योजना बनाउँदा पनि खुट्टा कमाउनुृ पर्ने कुनै कारण छैन । तसर्थ, नगरपालिकाको योजना बनाउँदा ठुला र साना योजनाहरुलाई महत्वका साथ अगाडि बढाउनु पर्छ । नगरक्षेत्र र औद्योगीक क्षेत्रको आयोजनाहरुमा “सार्वजनिक–निजि–साझेदारी” निति अन्तरगत योजना लागु गर्नुपर्ने देखिन्छ । योग्यता, क्षेमता, दक्षता र अनुभवलाई लुकायर राख्नेचिज होईन । अथवा अरुलाई देखाउन र धागदिनका लागि मात्र होईन, यसलाई प्रयोगगरि काम गरेर देखाए पछि मात्र चुनावमा बाँडेको आस्वासन ठिकभएको प्रमाणीत हुन्छ, अन्यथा गफैमात्र रहेछ भन्ने देखिन्छ । यसर्थ, मेरो मानस पटलले देखेको गोरखा नगरपालिका भित्र गर्नुपर्ने सेवासुविधाका कामहरु र विकास आयोजनाहरुका संक्षिप्त खाका प्रस्तुतगर्न चाहान्छु ।
विदेस भ्रमणमा मैले के देखेँ ?
विकसित मुलुक पनि आफै बनेका होईनन् । उनिहरुको लगनशिल र सहि निर्णयका आधारमा गरेका कामहरुको उपलब्धि हुन् । जुनसुकै देसमा पनि गर्नुपर्ने पहिलो विकास भनेको नागरिकलाई चाहिने सेवा र सुविधाहरु हुन् । यो भनेको, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई, बसोवास, बाटो, यातायात, ढल र व्यवस्थित बजार हो । यसपछि नयाँनयाँ प्रविधिका साधन र श्रोतहरु हुन् । विकसित देसहरुले यसैको विकास गरेका छन । उनिहरुले गरेको विकास देख्दा मानिसको चाह्यो भने जस्तोसुकै कामपनि सम्भव छ हुँदोरहेछ भन्ने लाग्यो । उनिहरु समुदायलाई आवश्यक परेको योजनाहरुको पहिचान गर्न सफल छन र बजेटलाई सहि सदुपयोग गर्नसक्छन भन्ने देखियो । जुनकुराले समुदायलाई प्रत्यक्ष फाईदा पुग्ने देखिन्छ, सोहि कामलाई प्राथमिक्तामा राखेको देखियो । उनिहरुको कामगर्ने परिपाटी स्पष्ट, छिटोछरितो, आशातित् उपलब्धि प्राप्तगरेको देखियो । जनता सरकारलाई सहयोग गर्नतयार छन् भने सरकार जनताको सेवागर्न तयार भएको देखिन्छ । विकास निर्माणमा सकेसम्म अत्याधुनिक प्रविधिहरु प्रयोग गरेको देखिन्छ । उनिहरु भन्छन् नयाँप्रविधि भनेको पुरानो प्रविधिलाई सुधार गरेर उत्तम, थप सुविधाहरु बनाईएको होभन्ने ठान्छन । अनि पुरानोलाई परिवर्तन गरि नयाँ प्रविधिवाट कामगर्न शुरुगरि हाल्छन । सरकार र जनता दुवैपक्ष पध्दतिलाई अति विस्वास गरेको देखियो । तसर्थ, विकसित देसहरुमा प्राकृतिक सुन्दरता भन्दा मानिसले निर्माण गरेको विकास धेरै देखियो । जस्तो किः
- फोहोर व्यवस्थापन र सरसफाईलाई अति महत्व दिएको पाईयो ।
- तुलफुल, बोटवीरुवा मानव संरक्षक संझेर त्यत्तिकै महत्व दिएको पाईयो ।
- नागरिकहरु पध्दतीलाई पच्छाउने, अनुशासीत, लगनशिल भएको देखियो ।
- सडकहरु खाल्टाखुल्टी नभएको धुलो नउड्ने देखियो । सेवाग्राहीलाई अवरोध नहोस भनि रातमा मर्मतसंभार गरेको देखियो ।
- माछामासु, सागसब्जी, फलफुलहरु विशेसज्ञको जाँचपछि मात्र विक्रिमा ल्याउने गरेको पाईयो ।
- गाडिको हर्नबजाएको कतै देखिएन, बजार क्षेत्रमा ठुला गाडिहरु देखिएन । बस र ट्रेन ५/५ मिनेटमा यात्री होस् या नहोस हरेक स्टेसनमा तोकियको समय रोकिने गरेको पाईयो ।
- प्रायजसो बृध्दाहरु स्याहारकेन्द्र वा बृध्दाश्रममा बस्नेगरेको पाईयो । र उनिहरुलाई निशुल्क उपचार गरेको देखियो ।
- घरघरमा ग्यास, तातो र चिसो पानीको लाईन वितरण गरेको देखियो । विद्युत कहिल्यै अवरुध्द नहुने देखियो ।
- हरेक सरकारी सेवामा पर्खनु नपर्ने, छिटोछरितो कामगरेको देखियो ।
- पुरातात्वीक र ऐतिहाँसीक बस्तुहरुको पुर्ण संरक्षण गरेको पाईयो ।
- हरेक कामकुरामा अत्याधुनिक औजारहरु प्रयोग गरेको देखियो ।
- सुरक्षा व्यवस्था कडा भएको पाईयो । आदी…….
अब म गोरखा नगरपालिले गर्नुपर्ने सेवासुविधा र विकासका कामहरुको वारेमा संक्षिप्त चर्चागर्न चाहान्छु ।
जनभावनाको कदर :
नयाँ लागुभएको संघिय लोकतन्त्रको संविधानाले दिएको नयाँ स्थानिय सरकार संग जनताले धेरैकुरा आशा गरेकोछ । मानिस कोहिपनि सबै विषयमा सक्षम वा विज्ञ हुँदैन । तसर्थ, अनुभवी तथा विज्ञहरुको भावना र धारणा बुझेर नगरपालिकाको सेवासुविधा र विकासको कामगर्नु उचित हुनेछ । जनप्रतिनिधिहरुले जनचाहना र जनभावना अनुसार कामगर्नु वेसहुन्छ । किनभने, जनता आफुले चाहे अनुसारको कामकुरा पायोभने उस्को आत्मा सन्तुष्टीका साथै खुसि हुनेछ । त्यसैले जनचाहना थाहापाउन र अनुभवी तथा विज्ञहरुको रायसुझाव संकलनका लागि छलफल र गोष्ठी अति आवश्यक छ । यसरि छलफल र गोष्ठीवाट प्राप्त सुझावलाई समेटेर नगरपालिकाले ५ वर्षभित्र गर्ने सेवासुविधा, अल्पकालिन योजना र दिर्घकालिन योजनाको खाका सार्वजनिक गर्नु उचित हुनेछ । यो सार्वजनिक गरेको खाकाले नागरिकलाई शु–सुचित हुने र उनिहरुको आत्मा विस्वास पनि बढ्नेछ । तसर्थ, गोरखा नगरपालिकालाई वार्षीक तथा पञ्चवर्षीय योजना तर्जुमागर्न सजिलो होस्भन्ने खातिर यो संक्षिप्त अवधारणा प्रस्तुत गरिएकोछ ।
१. सेवासुविधाका कामहरुः (एकवर्ष भित्र गर्नुपर्ने सेवासुविधाहरु)
- नगरको सार्वजनिक स्थलको सरसफाई र फोहोर उठाउने कार्यलाई छिटोछरितो तरिकावाट गराई नागरिकलाई तत्काल सेवापाएको महशुष गराउनु पर्ने ।
- कार्यालयवाट दिईने सेवासुविधाहरुः सिफारिस, चिठिपत्र, स्विकृति, निर्णय आदी कार्यहरु छिटोछरितो भएको महशुष गराउनु पर्ने । सेवाग्रहीहरु भिडभाड् गरि बस्न नपरोस ।
- कर प्रणालीमा सरल, सहज, शुलभ र पारदर्शी भएको नागरिकलाई महशुष गराउनु पर्ने ।
- नागरिकहरुलाई हरेक कामकुराको सु–सुचित गराउन सुचना प्रविधिलाई चुस्त बनाउनु पर्ने ।
- कार्यालय भित्र र बाहिर सरसफाई र श्रृंगार (चर्पी, बगैंचा, फाईलिङ्ग, वातावरण आदी) गरि हेर्नलायक बनाउनु पर्ने ।
- सबै रिकर्डीङ्ग सिष्टमलाई कंप्यूटर मार्फत सर्भरमा राख्नेव्यवस्था मिलाई विस्वासिलो बनाउनु पर्ने । ताकि, फाईल र ढड्डा खोज्न कर्मचारीले घण्टौं नलागोस् ।
- सडक पेटीमा व्यापारगर्ने, जथाभावी सामान राख्ने र पार्कीङ्ग गर्नेहरु हटाउनु पर्ने र पैदल यात्रीलाई सहज यात्रगर्न दिनुपर्ने ।
ड्ड सानागाडि र मोटरसाईकीलको पार्कीङ्ग व्यवस्था गर्नुपर्ने । - तरकारीबजार र बदशालाको व्यवस्था तुरुन्त गर्नुपर्र्र्ने र बजारमा ल्याउनुअघि विशेषज्ञवाट जाँचगराई प्रमाणपत्र लिने व्यवस्था गर्नुपर्ने । (हरेकदिन तरकारी बजार र बदशालाको निरिक्षण गराउनु पर्ने)
- हरेक हप्ता न.पा.भित्रको होटेल तथा रेष्टुरेण्टहरुको निरिक्षण गराउनु पर्ने ।
- बजार क्षेत्रमा ठुलाहर्न बजाउन रोकलगाई ठुलागाडिहरुको प्रवेशमा समयसिमा तोक्नुपर्ने ।
- नगरपालिका क्षेत्रभित्र हरेक घण्टामा माईक्रोबस सन्चालनको व्यवस्था गर्नुपर्ने ।
ड्ड बृध्दबृध्दाको लागि विशेष कार्यक्रमहरु ल्याउनु पर्ने । - बालगृह तथा हेरविचार केन्द्रहरु सन्चालन गर्नुपर्ने । यसले अविभावकले कामगर्ने मौका पाउन् ।
२. अल्पकालिन योजनाहरु (दुईवर्ष भित्र सन्चालन गनर्ने योजनाहरु)
- निश्चित अवधि भित्रमा उपभोक्ता सचेतना कार्यक्रमहरु, सडक बत्तिहरु, फ्रिवाईफाई, सडकमा सिसि क्यामेरा, सुरक्षा व्यवस्था आदी लागुगर्नु पर्ने ।
- न.पा.भित्रका वेरोजगार यूवायूवतीहरुलाई रोजगारी मुलक विभिन्न तालिमहरुको व्यवस्था गर्नुपर्ने ।
- विभिन्न कामको योजना तर्जुमाका लागि तालिम, गोष्टी र छलफल कार्यक्रमहरु गर्नुपर्ने ।
- ऐतिहाँसीक, पुरातात्वीक, धार्मीक स्थलहरु र वन्यजन्तुको संरक्षण र सुधारको व्यवस्था गर्नपर्ने ।
- खानेपानी तथा सरसफाई अन्तरगत सार्वजनिक शौचालयहरुको व्यवस्था गर्नुपर्ने ।
- रोजगारी श्रृजनाका लागि फलफुलखेति, नगदेवाली र पशुपालनको कार्यक्रमलाई विशेष निति अन्तरगत व्यापक बनाउनु पर्ने ।
- उत्पादीत फलफुल तथा तरकारीहरु विक्रि वितरणको कृषकले चिन्तालिन नपर्नेगरि सहकारी, व्यापारि मार्फत निकासीको विशेष व्यवस्था गर्नुपर्ने ।
- नर्सरि, बृक्षारोपण, नगर गार्डेनीङ्ग र फुटपाथ हेर्नलायक बनाउने व्यवस्था गर्ने ।
- वस्ति विकास, सडक मर्मतसंभार तथा विस्तार, ल्याण्डफिल्ड साईटको व्यवस्था गर्ने ।
- पोष्टर, पम्प्लेट, गाईडबुक, ट्रेकिङ्ग रुट खोल्ने र ऐतिहाँसीक विषयमा डकुमेण्ट्री तथा लाईट एण्ड साउण्डको व्यवस्था गरि पर्यटन सुचना केन्द्र सन्चालन राम्रोगर्ने ।
- धार्मीक स्थलहरुको महत्व र यसको औचित्य माथि प्रकासर्पौ विभिन्न मेडिया मार्फत प्रचारप्रसार गर्नुपर्ने ।
- नगर क्षेत्रको पैदल हिड्ने बाटोहरुको निर्माण तथा मर्मतसंभार यथाशक्य चाँडोगर्ने ।
- सडकको दायाँवायाँको कच्चिभाग, खाल्टाखुल्टी पुर्नेकाम गर्ने । यसवाट बजारमा धुलो उड्ने, फोहोर हुने हट्नेछ ।
३. दिर्घकालिन आयोजना (पाँचवर्ष भित्र निर्माण गरिने आयोजनाहरु)
- देउरालीको रबर उद्योग सहितको वरिपरिका टारहरुमा “सार्वजनिक–निजि–साझेदारी” कार्यक्रम अन्तरगत औद्योगीक क्षेत्र निर्माण गर्नुपर्ने । किनभने, यसठाउँवाट राजमार्ग नजिक पर्ने भएकोले ढुवानीमा दोहोरो मर्का नपर्नेहुँदा उद्योग संचालनलाई सहज हुनेछ ।
- देउरालीको डाँडातिर बसोबास, फलफुल खेति, पर्यटकीय स्थल र होटेलहरुको सुविधा उपलब्ध गराई पर्यटकहरु घुम्नसक्ने ठाउँ बनाउनु पर्ने ।
- कर्माफाँट, कुन्दुरटार, बोकरलोक फाँट र अन्य वरपरका फाँट तथा टारहरुमा सामुदायीक कृषी फार्मको विकास गर्नुपर्ने ।
ड्ड कुन्दुर, छेपेटार, विरिन्चिोक देखि कट्टेल डाँडा र नारेस्वर सम्म सबै सुविधा भएको बस्ति विकास गर्नुपर्ने । - पस्लाङ्ग देखि रानीवन सम्मको डाँडा वरपर पर्यटकीय पार्कहरु, भ्यूटावर, धार्मीक तथा ऐतिहाँसीक स्टाच्यूहरु, चिडियाखाना, स्मृतिपार्क आदी निर्माण गर्नुपर्ने ।
- कुनैपनि शहरबजार नजिक ठुला गाडिहरुको आवागमन र बसपार्क बनाईएको हुँदैन । गोरखाबजार पनि शहरीकरण भईरहेको हुँदा ठिमुरेस्वारा मुनीको फाँटमा लामो दुरिको बसपार्क निर्माण गर्नुपर्ने । यसलाई “सार्वजनिक–निजि–साझेदारी” कार्यक्रम अन्तरगत राख्न सकिने ।
- अहिलेको नयाँ बसपार्कमा नगरपालिका वरिपरि हरेक घण्टामा चल्ने माईक्रो बसपार्क बनाउनु पर्ने
- अपाङ्ग र बृध्दबृध्दाहरु पनि गोरखनाथ र कालिका भगवतीको दर्शन गर्न जानसकुन भन्ने हेतुले माईक्रोबस पार्क देखि कालिका मन्दीर वरपर सम्म केबुलकार निर्माण गर्नुपर्ने ।
- खेलकुद मैदानलाई नगरपालिका भन्दातल पिपलेफाँटको जगामा अधिकरण गरि सार्नुपर्ने ।
- हालको खेलकुद मैदानमा गार्डेनिङ्ग सहितको ठुलोक्षेमताको व्यवस्थित सिटिहल निर्माण गर्नुपर्ने ।
- गोरखाबजारको उच्च भुभागमा ३ वर्षभित्र दरौंदीको खानेपानी वितरण गरि खानेपानी उपलब्ध गर्ने । न.पा.को अन्य भागमा सरल र सुपथ मुल्यका खानेपानी योजनाहरु सन्चालन गर्नुपर्ने ।
- बजार क्षेत्रमा चर्पीको लेदो ९ँष्अब िक्गिमनभ० व्यवस्थापनका लागि ढल निर्माण गर्ने । सबै खोल्सीहरुमा ढलहालि माथिवाट फुटपाथ बनाई त्यसको वरपर वस्ति बसाल्नु पर्ने ।
- चर्पीको फोहोर लेदो ९ँष्अब िक्गिमनभ० बजारको लल्लो भाग वा अन्यत्र पोखरी बनाई थेग्राउने व्यवस्था गर्नुपर्ने । फोहोरलेदो झिकेर सुकाई अर्गानिक मलको रुपमा वितरण गर्नुपर्ने ।
- ढलवाट निस्केको पानीलाई फुलविरुवाको नर्सरीमा सप्लाई गर्ने । र बजार वरपरको फुलको बगैंचा ९न्बचमभलष्लन० मा सिंचाईको व्यवस्था गर्ने ।
- विशेषगरि नगरक्षेत्र र नगरपालिकाको बस्तिमा हराभरा बनाउन विशेष निति बनाई रुखविरुवा हुर्काउन विशेष सुविधा प्रदान गर्ने ।
- फिनाम, नारेस्वर, घलाङ्ग, दुम्सुरी, ताप्ले, आदी गाउँमा पशुपालन, फलफुल खेती र होमस्टेको विशेष योजनाहरु बनाउनु पर्ने ।
- शिक्षा र स्वास्थ्यमा सुधारका लागि विशेष योजना तर्जुमा गरि लागुगर्नु पर्ने ।
- रोजगारको शिलसिलामा यूवाहरु वाहिर हुनेहुँदा बृध्दाहरुको विजोग देखिन्छ । तसर्थ, विभिन्न स्तरको बृध्दाश्रमको व्यवस्था गर्नुपर्ने ।
- नगरपालिकाको सबै वडाहरु सम्म पुग्ने मोटर वाटोहरु पिच गर्ने ।
निश्कर्षमा :
कुनैपनि विकास आयोजनाहरु तर्जुमा गर्दा ठुलाठुला लगानीका आयोजनाहरुलाई पनि विशेष प्राथमीक्तामा राख्नुपर्छ । यस्ता आयोजनाहरुले नगरपालिका भित्र रोजगारीको अवसर पनि श्रृजना गर्छ र पर्यटकहरुलाई पनि आकर्षण गर्नेहुन्छ । ठुला लगानीका आयोजनाहरु प्रस्ताव गर्दा कतिपय नागरिकहरुले महत्वाकांक्षि योजना भन्ने ठान्छन् । कहिलेकाही विकासका लागि महत्वाकाँक्षि योजना पनि आँटगर्नु पर्नेहुन्छ । यसरि प्रस्ताव गरिएका आयोजनाहरु सबै पुर्णहुन्छ भन्नेपनि छैन । यो कार्यान्वयन पक्षको लगनशिलतामा भरपर्ने विषय हो । आयोजना तर्जुमा गर्दा निस्वार्थ भावले गर्नुपर्छ, किनभने कुनै आयोजनाले कुनैक्षेत्रलाई बढिफाईदा कुनैलाई वेफाईदा पनि हुनसक्छ । कुनकुन ठाउँमा केकस्तो आयोजना सन्चालन उचित हुन्छ भन्नेकुरा भूबनौटले मागे अनुसारको निर्माण हुनुपर्छ । निजिस्वार्थले जथाभावी निर्माणगर्दा वस्तिको रुपनै फेरिएर कुरुप हुनपुग्ने संभावना हुन्छ । र आयोजनाहरु निर्माण र सन्चालनका लागि “सार्वजनिक–निजि–साझेदारी” निति अनुरुप वा भिन्दाभिन्दै संरक्षण तथा उपभोक्ता समितिलाई जिम्मा दिएमा पुरागर्न सहज हुनेछ । यो सानो अवधारणाले आफ्नो गोरखा नगरपालिकाको विकास योजना तर्जुमा गर्नका लागि सहयोग पुगोस् भन्ने हेतुले प्रस्तुत गरेकोछु ।




















