कैलासबावु श्रेष्ठ/गोरखा
असार १५ गते । अमेरीकाको न्युयोर्कमा रहेको गोरखार्लीहरुको एक संस्थाले बनभोज कार्यक्रम आयोजना गरेको छ । ग्रिष्मकालिन बनभोज नाम दिएको उक्त कार्यक्रमको आयोजना गोरखार्ली समाज न्युयोर्कले आयोजना गरेको अमेरीका बाट नमस्ते स्टुडियो सञ्चालक बिनोद अधिकारीले जानकारी दिए ।

रोजगारी तथा अध्ययनका शिलसिलामा गोरखा देखी अमेरीका गएर बसोबास गर्दै आएका गोरखार्लीहरुको उत्त संस्थाले रुजबेल्ट आइल्याण्डमा बन भोज आयोजना गरेको थियो । बन भोजमा अतिथीहरुलाई पनि निम्ताईएको अधिकारीले बताए ।

नेपाली संस्कृतीका साथै एक अर्का प्रति भाईचाराको सम्वन्ध बिस्तार तथा गोरखाको बिकासको लागि आर्थिक तथा भौतिक र नैतिक सहयोग गर्ने गरी डेढ बर्ष अघि यो संस्था स्थापना गरीएको थियो ।

बन भोज कार्यक्रममा विभिन्न परिकारको खानपिनका सामाग्री तथा डोरी तान्ने खेलको समेत आयोजना गरीएको थियो ।




तस्बिर सौजन्य बिनोद अधिकारी




















