स्थानिय तहको निर्वाचन पछि अब कोही नेपाली नागरिक नागरिकताको पहुँच भन्दा बाहिर रहन नहुने सरोकारवालाहरुले बताएका छन् । जिल्ला सदरमुकाममा भएको नवनिर्वाचित जनप्रतिनिधिहरुको भूमिका तथा नागरिकताको सिफारिस सम्बन्धि अन्तक्रिया कार्यक्रमका सहभागीहरुले गोरखा जिल्लामा स्थायी रुपले बसेका यहीँका नागरिकले कानून अनुसार नागरिकता पाउनुपर्नेमा जोड दिए ।
स्थानिय तहको निर्वाचन पछि अहिले धेरमहिलाहरु नितिगत रुपमा कानूनी तहमा पुगेको भन्दै नागरिकता सम्बन्धि समस्याको हल गर्न निर्वाचित महिला जनप्रतिनिधिहरुले महत्र्पुण भुमिका निर्वाह गर्न आग्रह समेत गरिएको छ ।
परिर्वतका लागि समाज नेपालकी अध्यक्ष कमला धितालको अध्यक्षता तथा सांसद कमला पन्तको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रशिक्षकहरु मधु आर्चाय जनप्रतिनिधिको भुमिका, सविन श्रेष्ठले नागरिकता सम्बन्धि कानुनी व्यवस्था र कमला पन्त नारी आन्दोलन बिकास र उपलब्धीका विषयमा सहभागीहरुलाई जानकारी गराएको परिर्वतनका लागि समाज नेपालका कार्यक्रम सल्लाकार स्थानेश्वर दुवाडीले बताए ।
उनीहरुले नेपालमा नागरिकता सम्बन्धि के कस्ता प्रावधान छन्, कसरी नागरिकता दिन सकिन्छ, कस्ता मानिसहरुलाई नागरिकता दिन मिल्छ जस्ता कुराहरुमा सहभागी जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।
स्थानीय तह निर्वाचन पछि ठूलो संख्यामा महिलाहरु निर्णायक तहमा पुगेका छन् । ९४ वटा वडा रहेको गोरखाको प्रत्येक वडाबाट खुल्ला तथा दलित महिला अनिवार्य रुपमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएका छन् । कार्यक्रममा गोरखा र पालुङ्गटार नगरपालिकाका उपप्रमुखहरु, अन्य ९ गाँउपालिकाका उपप्रमुखहरु सहित २ नगरपालिकाका वडामा निर्वाचित महिला सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा महिला जनप्रतिनिधिको भूमिका, बिद्यमान कानुनको अवस्था लगायतको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सांसद पन्त, पूर्वमन्त्री एवं सांसद मिना पाण्डे, सासंद रिता शाही, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, पालुङ्गटार नगरपालिकाका प्रमुख दिपक बाबु कडेल, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, मानवअधिकार संजालका अध्यक्ष यदु अधिकारी, शिक्षक संघका अध्यक्ष लुमनाथ लामिछाने, मनकुमारी गुरुङ लगायतले मन्तव्य राखेका थिए ।


