कुन्दुरटार सिंचाई आयोजनाको काममा ध्यान दिन स्थानियले माग गरेका छन् । २०५८ सालदेखि निर्माण सुरु भएर अहिले सम्म पुरा नभएको उक्त आयोजनको काम बारे जानकारी लिन आयोजना निर्माण स्थल पुगेको प्राविधिक टोली सँग उनीले यस्तो माग गरेका हुन् । ‘राज्यले ठुलो लगानी गरेको छ, हाम्रा जग्गा जमिन खेर गएका छन्, तर काम भएको छैन्’ सिंचाई आयोजना क्षेत्रका एक स्थानयिले गोरखा समाचार सँग भने ।
१६ किलोमिटरको उक्त नहरको अहिले करिब सात किलोमिटरमा मात्रै पानी बग्छ । उक्त आयोजना निर्माणमा रहेका समस्याको पहिचान गरि समाधानको उपाया समेतको प्रतिवेदन पेश गर्न गठन भएको ४ सदस्सिय प्रतिनिधि मण्डलले आयोजना क्षेत्रको अबोलकन गरेको छ । मझौला सिंचाईका निर्देशक अनुप केशव थापा, सिंचाई विभागका सिनियर डिभिजन इन्जिनियर रुकमागत खनाल, इन्जिनियर विष्णु श्रेष्ठ, पश्चिमाञ्चल सिंचाई डिभिजनका प्रमुख लोक बहादुर थापा, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, वडा अध्यक्षहरु वडा नम्बर १२ का डिल बहादुर थापा, ११ का रामबहादुर खड्का, १० देवी बहादुर बस्नेत, ५ का रामकुमार थापा मगर लगायतको टोलीले स्थानिय सँग छलफल गरेको हो । उक्त टोलीले छेवेटार नजिकैको बगैचा सम्म पानी सञ्चालन गरेको पश्चिमाञ्चल सिंचाई डिभिजन कार्यालय गोरखाका प्रमुख लोक बहादुर थापाले जानकारी दिए ।
उक्त टोली आयोजना निर्माणको काम पुनः सुरु गर्ने कस्ले के गर्नु पर्छ भनेर स्थानियलाई सोधेका थिए । ‘हामीले निर्धारित ठाउँ सम्म पानी लैजान के गर्नु पर्ला भनेर स्थानियलाई पनि सोध्यौँ’ थापाले भने ।
कार्यक्रममा उपस्थित भएका स्थानियहरुले नहरबाट पानी चुहावट भई मुनिका घर र पहिरोले माथिका घरलाई असर गरेको भन्दै सोको रोकथामका लागि पहल गरिदिन आग्रह गरेका थिए । छेवेटार नजिकै आईपुगेको उक्त नगर त्यहाँका स्थानियले समन्वय गरेको खण्डमा २ वर्ष भित्र निर्माण सकि पानी सञ्चालन गर्ने सकिने प्राविधिकहरुले बताएका छन् ।
उक्त काम भन्दा अरुको लागि प्रकृया पु¥याएर स्विकृत लिनु पर्ने भएपछि केन्द्रिय टोली जिल्ला आएको हो । यदी सिंचाई विभागबाट स्विकृत पाएको खण्डमा २ बर्षमा पुरा गर्ने लक्ष्य राखिएको छ । उक्त आयोजनालाई कुन्दुर टार सम्म पुरयाउन अझै १५ करोड खर्च लाग्ने अनुमान इन्जिनियरहरुको छ ।


