नरेन्द्र ढकाल/गोरखा
असार १२ गते ।भूकम्पको गएको एक वर्ष पुगेका दिन राष्ट्रपतिले शिलन्यास गरेको घर नै सरकारी डिजाइन विपरित बनेको छ । साबिकको बारपाक ४ का गोपाल बिकले सरकारले सार्वजानिक गरेको डिजाईन बाहिर रहेर घर बनाएका छन् । ‘मलाई कोही इन्जिनियरले नक्सा देखाएको पनि छैन, जो जाने त्यहीँ गरेँ’ गोरखा समाचार सँग कुराकानी गर्दै बिकले भने । फलामको व्यवसाय गर्दै आएका बिकले छिमेकी नर बहादुर घले सँग मिलेर घरको नक्सा तयार गरेका थिए । उनले बनाएको २ तले घरमा फलामका पाईप राखिएको छ ।‘सुरुमा फलामको फ्रेम बनाए अनि गाह्रो लगाएको हो, विचमा राख्नु पर्ने बन्धनहरु सबै बाँधेको छु’ बिकले भने ।
ट्रष्ट हालेर घर बनाएका बिकले पहिले अनुदान सम्झौता गर्न जाँदा नै आफ्नो योजना सुनाएका थिए ।‘मैले सम्झौता गर्न जाँदा नै मिल्छ भने टूष्ट हालेर घर बनाउछु पास नहुने भए किन बनाउने भनेर सोधेको थिएँ’ उनले भने ‘म सँग पिलर हालेर घर बनाउन सक्ने हैसियत पनि थिएन ।’ घर बनाउँदै गर्दा पनि इन्जिनियर प्राविधिकको सहयोग नभएको बताउँदै बिकले आफूले जानेको ज्ञान सिप प्रयोग गरेर बलियो घर बनाएको दाबी गरेका छन् ।
गत २०७३ बैशाख १२ गते भूकम्प स्मृति कार्यक्रममा सहभागि हुने बारपाक पुगेकी राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको घर शिलन्यास गरेकी थिइन । जग खनिएको पनि ९ महिना पछि घर बनाउन सुरु बिकले अहिले छाना ठड्याएका छन् ।‘उहाँले शिलन्यास गर्नुभएको पनि २६/२७ महिना भयो बल्ल तल्ल छानो उभ्याएको छु’ बिकले भने ।
राष्ट्रपति बाट शिलन्यास हुने भए पछि गएको बैशाख १२ गत विहान हतार हतार जग खनेर सुरु गरिएको घर बर्खाको समय र पैसाको अभावका कारण ढिलो मात्र पुर्ननिर्माण सुरु भएको हो ।‘बैशाखमै घरको जग खने पनि बर्खा लागि हाल्यो पैसा पनि थिएन, बाटो पनि खुल्यो पहिलो किस्ता पनि पाए अनि घर बनाउन थालेको हुँ’ बिकले भने । उनले अहिले दोश्रो किस्ता पनि पाईसकेका छन् । सरकारले सार्वजानिक गरेको नक्सा भन्दा बाहिर भएकोले दोश्रो किस्ता दिने नदिने विषयमा जिल्ला दैवी प्रकोप उद्धार समितिमा लामो छलफल समेत भएको थियो । ‘बैठकमा धेरै छलफल भयो, राष्ट्रपतिले शिलन्यास गरेको घरले नै दोश्रो पाएन भने गलत सन्देश जान्छ भनेर दिन सहमती भयो’ जिल्ला दैवी प्रकोप उद्धार समितिका एक सदस्यले भने ।
यता घरको मापदण्ड पुगे नपुगेको अनुगमन गर्ने निकाय शहरी बिकास तथा भवन डिभिजनले उक्त घर सार्वजानिक भएको डिजाइन विपरित बने पनि आवश्यक मापदण्ड भने पुरा भएको दाबी गरेको छ ।‘उहाँको घरका लागि हामीले छुट्टै अध्ययन गरेर पास गरेका हौं’ भवन डिभिजनका प्रमुख रोशन श्रेष्ठले भने । अहिले सरकारले सार्वजानिक गरेको १७ वटा डिजाईन विपरित बनेका घरहरुको पनि अगल÷अलग अध्ययन गरेर दोश्रो किस्ताको लागि सिफारिस गरिरहेको श्रेष्ठले बताए । उक्त कामका पुर्ननिर्माण प्राधिकरण ४ जना विशेषज्ञ इन्जिनियर समेत खटाएको छ ।
दोश्रो किस्ताका लागि सिफारिस भएपछि बिकले यहि असार ६ गते मनासलु बिकास बैङ्क गोरखाबाट दोश्रो किस्ता बापत एक लाख रकम बुझेका छन् ।‘दोश्रो किस्ता निस्कियो भन्ने सुने अनि गोरखा बजार गएर पैसा पनि झिकेर ल्याइसके’ बिकले भने । छाना समेत हालिसकेका बिकको घरमा अब सिमेन्ट प्लाष्टर गर्ने,रङ्गरोगन गर्ने, बिजुली जोड्ने जस्ता काम बाँकी छ ।
बिकले घर बनाउँदा अहिले सम्म साढेँ ६ लाख भन्दा बढि रकम खर्च गरिसकेका छन् । फिनिनिसङको काम सक्दा सम्म अझै साढेँ २ लाख रकम लाग्ने उनले बताए ‘सबै काम सकिदा त ९ लाख भन्दा बढि लाग्छ होला, पैसा छैन्, कति ऋण खोज्ने ?’सरकारले दिने भनेको विना धितो ऋण छिटो उपलब्ध गराइदिन उनले माग गरेका छन् । पुर्ननिर्माण महाअभियानको उद्घाटन गर्दैै राष्ट्रपतीले शिलन्यास गरेको घर नै सरकारी डिजाइन बिपरित बन्नुले राम्रो सन्देश नजाने धेरैको तर्क छ ।
राष्ट्रपतिद्धारा शिलन्यास भएको घर नै सरकारी डिजाईन विपरित
राष्ट्रपतिद्धारा शिलन्यास भएको घर नै सरकारी डिजाईन विपरित
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















