कैलासबावु श्रेष्ठ/गोरखा
असार ११ गते । सनिबार दिउसो पौडी खेल्ने क्रममा हराई रहेका गोरखा सदरमुकामको एक युवकको शव आइबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार मृत्तकको आइतबार बिहान ७ बजे घटना स्थलबाट केही तल बगरमा फेला परेको हो ।
सनिबार गोरखा सदरमुकामबाट नुहाउनका लागि दरौदी नदी पुगेका ४ जना मध्ये गोरखा नगरपालिका ६ आयुवैधिक चोक निवासी सबिन ढकाल बेपत्ता भएका थिए । ढकाल सहित उनका ४ जना साथी गोरखा नगरपालिकाको १० नम्बर वडामा रहेको दरौदी खोलामा नुहाउदै पौडी खेल्ने क्रममा सनिबार दिउसो २ः५५ बजे बेपत्ता भएका थिए । वेपत्ता ढकालको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, शसत्र प्रहरी, स्थानिय र उनका साथीहरु लागि रहेका थिए ।
सनिबार राती सम्म पनि बेपत्ता ढकालको उद्वार गर्न नसके पछि आइबार बिहानै देखी सबै खटीएका थिए । छेवेटार बजार संगै रहेको दरौदी पुल मुनी सनिबार भएको घटना पछि आइतबार बिहान ७ बजे घटना स्थलबाट ५ सय मिटर तल रहेको बगर क्षेत्रमा ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक जनकराज पाडेय बताए ।
पौडी खेल्दा बेपत्ताको शव फेला परयो
पौडी खेल्दा बेपत्ताको शव फेला परयो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


