कैलासबावु श्रेष्ठ/गोरखा
असार ११ गते । केन्द्रिय प्रशारण लाईन अन्तरर्गत तनहुँको दमौलीमा रहेको बिद्युत सव स्टेशनमा क्षमता बृद्वि गर्नका लागि आईतबार दिउसो सम्म गोरखा जिल्ला तथा वरपरका क्षेत्रको बिद्युत अबरुद्व हुने भएको छ ।
बिद्युत क्षमता भएर पनि अघोषित रुपमा लाइन आउने जाने गरेको ब्यापक गुनासो संगै तनहुँको दमौलीमा रहेको सव स्टेशनको क्षमता बृद्वि गर्न लागिएको हो । हाल सञ्चालनमा हरेको १० र १५ केभीए क्षमताको ट्रास्फर्मरको स्थानमा ३०÷३० केभीएको क्षमताको ट्रास्फर्मर राख्न लागिएको सव स्टेशनले जानकारी दिएको छ ।
नयाँ क्षमताको ट्रास्फर्मर राखे पछि हाल सम्म हुदै आएको अनियमित बिद्युत आपुर्ती सहज हुने छ । गएको साता देखी विभिन्न चरणमा गरीएको कामको आज आइतबार अन्तिम चरणको काम हुदै छ । बिहानै देखी प्राविधिकहरुले काम थाली रहेकोले दिउसो ११ बजे सम्ममा बिद्युत सुचारु गर्न सकिने सव स्टेशनका कर्मचारीले बताए ।
क्षमता बृद्वि गर्न तनहुँ, गोरखा, लमजुङ्ग र चितवन जिल्ला प्रभावित हुने छ ।
क्षमता बृद्विका लागि बिद्युत अबरुद्व
क्षमता बृद्विका लागि बिद्युत अबरुद्व
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


