कैलासबावु श्रेष्ठ/गोरखा
असार १० गते । गोरखा सदरमुकामबाट नुहाउनका लागि दरौदी नदी पुगेका ४ जना मध्ये १ जना बेपत्ता भएको छ । बेपत्ता हुने गोरखा नगरपालिका ६ आयुवैधिक चोक निवासी सबिन ढकाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
ढकाल सहित उनका ४ जना साथी गोरखा नगरपालिकाको १० नम्बर वडामा रहेको दरौदी खोलामा नुहाउदै पौडी खेल्ने क्रममा दिउसो २ः५५ बजे बेपत्ता भएका थिए । वेपत्ता ढकालको खोजीका लागि प्रहरी, स्थानिय र उनका साथीहरु लागि रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले बताए ।
प्रनाउ थापाका अनुसार छेवेटार बजार छेवैमा रहेको पुल मुनी सवारी साधन सरसफाई गर्दै नुहाउने क्रममा पानीको भूमरीमा परी बेपत्ता भएका थिए । बेपत्ता ढकालले हालै मात्र विवाह गरेका थिए ।
पौडी खेल्दा एक बेपत्ता
पौडी खेल्दा एक बेपत्ता
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















