कैलासबावु श्रेष्ठ/गोरखा
असार १० गते ।
बिनाशकारी भूकम्प गएको केही बर्ष पछि नेपाल सरकारले भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि १५ सयवटा ट्याक्सी बितरण गर्ने योजना मुताविक गोलाप्रथाबाट बितरण सम्पन्न गरेको छ । यातायात ब्यवस्था विभागले शुक्रबार गोरखा सहित ८ जिल्लाका पीडितहरुले पनि ट्याक्सीको नम्बर प्लेट चिठ्ठा गरी वितरण गरेको हो थियो ।
शुक्रबार ४ सय ९५ ट्याक्सीका लागि गोला प्रथा भएको थियो । शुक्रबार गरीउको चिडामा गोरखाका ७८, धादिङका ११७, काठमाडौंका ९५, ललितपुरका ७२, भक्तपुरका ४३, मकवानपुरका ३१ र ओखलढुंगा र रसुवाका ३०/३० भूकम्पपीडितले ट्याक्सीको नम्बर प्लेट पाएका हुन् । यसअघि भूकम्पप्रभावित ६ जिल्लाको पनि गोलाप्रथा भइसकेको छ ।
यसअघि बिहीबार ५१३ भूकम्पपीडितले ट्याक्सीको नम्बर प्लेट पाएका थिए । बिहीबार सिन्धुपाल्चोक, दोलखा र सिन्धुलीका भूकम्प पीडितहरुले ट्याक्सीको नम्बर पाएका थिए । काठमाडौंको च्यासलमा गरिएको गोलाप्रथाबाट सिन्धुपाल्चोकका २५३, दोलखाका २१४ र सिन्धुलीका ४६ पीडित परिवारले ट्याक्सीको नम्बर प्लेट पाएका थिए ।
गएको बुधबार भूकम्प प्रभावित ३ जिल्लाका ४९१ जनाले ट्याक्सीको नम्बर पाएका थिए । यातायात व्यवस्था विभागले गत वर्ष नै ट्याक्सीका लागि पीडितको आवेदन लिएको थियो । ट्याक्सीको नम्बरका लागि गत बुधबारदेखि गोलाप्रथा सुरु भएको थियो । बुधबार काभ्रेका २०१ नुवाकोटका १२५ र रामेछापका १६५ पीडितले गोलाप्राथाबाट ट्याक्सीको नम्बर प्लेट पाएका थिए ।
महानगरको निर्णायले अन्योल
भूकम्प पिडितका लागि भनेर मात्रै १ हजार ५ सय ट्याक्सी थप्ने तयारी भइरहँदा काठमाडौं महानगर पालिकाले काठमाडौंमा नै ट्याक्सी थप्नु नाजायज भएको बताएको छ । मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा ट्याक्सी थपेर ट्राफिक समस्या झनै बढ्ने भन्दै यो औचित्यहीन निर्णय भएकोले तत्कालै फिर्ता गर्न माग गरेका छ।
यदि महानगर पालिकाले काठमाडौंमा ट्याक्सी थप्न नदिए बाग्मती अञ्चलमा दर्ता हुने भूकम्प पीडितका ट्याक्सी के गर्ने भन्ने अन्योल हुने छ । यातायात ब्यवस्था विभागले भने सरकारको निर्णयअनुसार नै भूकम्प पीडितका लागि ट्याक्सी वितरण भएको बताएको छ ।
ल हेनुहोस् गोरखाका कसकसले पायो त ट्याक्सी नम्बर























