कैलासबावु श्रेष्ठ/गोरखा
असार १० गते । गोरखा नगरपालिका भित्रको साविक वडा नम्बर ३ का जेष्ठ नागरिकहरुलाई नेपाल सरकारको लक्षित बर्ग अन्तरर्गतको रकम बाट जेष्ठ नागरिकहरुलाई सम्मान गरीएको छ ।

जेष्ठ नागरिक वडा समितिको आयोजना तथा गोरखा नगरपालिकाको ५० हजार आर्थिक सहयोगमा साविक वडा नम्बर ३ का ५० जना बृद्व बृद्वाहरुलाई सम्मान गरीएको हो ।

जेष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य तथा हालै निर्वाचत वडा नम्बर ६ का जन प्रतिनिधीहरुले एक कार्यक्रम बिच उनीहरुलाई सम्मान गरेका हुन ।

समितिले साविक ३ नम्बर वडामा रहेका ७५ बर्ष माथि उमेर समूहका मानिसहरुलाई दोसल्लाह, छाता र फलफुल दिएर सम्मान गरेको थियो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथी एवं जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य मोहनलाल श्रेष्ठले जिल्लामा जेष्ठ नागरिकका लागि भनेर आउने लक्षित बर्गको रकम दुरुपयोग भएकोमा चिन्ता गर्दै आगामी दिनमा जनप्रतिनिधीले त्यस्तो काम नगर्न सुझाएका थिए ।

जगन सिंह गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक मध्ये ९६ बर्षका धन प्रताप जबरालाई पहिले सम्मान गरीएको थियो ।

कार्यक्रममा सम्मान पाउने राधेश्याम मास्के, हालै जन निर्वाचत वडा नम्बर ६ का वडाध्यक्ष नारायण अर्याल र नसस ओम बहादुर श्रेष्ठले समेत बोलेका थिए ।

सम्मान कार्यक्रममा उपस्थित आमाहरुलाई भने गोरखा नगर कार्यपालिका महिला सदस्य रञ्जिला श्रेष्ठले सम्मान गरेकी थिइन ।







