कैलासबावु श्रेष्ठ/गोरखा
असार १० गते । बिनाशकारी भूकम्प लगत्तै गोरखा जिल्लामा अपाङ्गता भएकाहरुलाई काम गर्न आएको आईएनएफ नामक गैर सरकारी संस्थाले गोरखा जिल्ला भित्र रहेको प्राविधिक शिक्षालय संग सहकार्य गरी तालिम संञ्चालन गर्ने भएको छ ।
आईएनएफले सदरमुकाममा एक कार्यक्रम गरी अबको केही दिन भित्रै देखी जिल्ला भित्र रहेको प्राबिधिक शिक्षालय संग सहकार्य गरी अपाङ्गता भएका जिल्लाबासीहरुलाई तालिम सञ्चालन गर्न लागेको आईएनएफ जिल्ला प्रमुख हिरा बिक्रम शाहीले जानकारी दिए ।

संस्थाले हाल सम्म जिल्लामा अपाङ्गता भएका ब्यत्तीहरुको पहिचान गरी उनीहरुलाई सिप मुलक तालिम तथा आय आर्जनमा पहुँच हुने गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । साबिकको १० गाउँ बिकास समितिमा काम गर्दै संस्थाले अपाङ्गता भएका ब्यत्तीहरुकालाई सिप मुलक तालिम तथा आय आर्जनमा पहुँच बृद्विको लागि सेवा प्रदायक संघ संस्था संग शुक्रबार सदरमुकाममा छलफल कार्यक्रम समेत आयोजना गरेको थियो ।
भूकम्प केन्द्रित ५बर्षे कार्यक्रम अन्तरर्गत आईएनएफले गएको ३६ बर्ष देखी अपाङ्गता भएका ब्यत्तीहरुलाई सिप मुलक तालिमका साथै आर्य आर्जनमा सहयोग गर्दै आएको छ । गोरखा जिल्लाको साविक १० गाबिसमा मात्रै ७० समूह गठन भएको र उत्त समूहमा ७ सय २५ जना आवद्व भएको शाहीले जानकारी दिए ।
महिला बिकास अधिकृत सुशिला वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, घरेलु बिकास समिति र जिल्ला सदरमुकाममा सञ्चालनमा आएको ३ वटा प्राविधिक शिक्षालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।




















