मोहसिन अलि मियाँ/गोरखा
जिल्लामा गत बर्षहरुको दाजोमा यस वर्षको एसइइ परिक्षाको नजितामा सुधार आएको जिल्ला शिक्षा कार्यालय गोरखाले जनाएको छ । गत वर्ष भन्दा यस वर्ष माथिल्लो ग्रेड ल्याउनेको सख्या पनि बढेको कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी कृष्ण सिग्देलले बताएका छन् ।
‘गत बर्षहरु भन्दा यस बर्ष परिक्षाको नतिजा राम्रो देखियो, ए प्लस मा पनि बढि छ, त्यस्तै बि प्लस, बि सबैमा बढि नै छ’ सहायक जिशिअ सिग्देलले भने ‘तल्लो ग्रेड भन्दा माथिल्लो ग्रेडको नतिजा राम्रो आएकाले पनि यस बर्षको परिक्षाफल राम्रो देखिएको हो’ शिक्षा कार्यालयल सञ्चलान गरेकोे शिक्षण सिकाइ सुधार बर्षको अभियानको कारणले पनि यो बर्षको परिक्षाफल राम्रो आएको कार्यालयको दावी छ । नतिजा सुधार हुनुमा यस बर्ष गत बर्षहरुका भन्दा बढि शिक्षा कार्यालयका कर्मचारीहरुको प्रत्यक्ष अनुगमनले पनि राम्रो प्रभाव पारेको हुन सक्ने कार्यालयले अनुमान गरेको छ ।
यस बर्ष गोरखाबाट ४ हजार ९ सय १९ जनाले एसइइ परिक्षा दिएका थिए । जसमधये ३८ जनाको नतिजा ए प्लस (३.६ देखि ४ सम्म) रहेको छ । त्यस्तै ३.२ देखि ३.६ ल्याउने २ सय ३४ जना रहेका छन् । २.८ देखि ३.२ ल्याउने ४सय ५१ जना रहेका छन् । २.४ देखि २.८ ल्याउने ९ सय ७८ जना रहेका छन् भने २.० देखि २.४ ल्याउने १ हजार ८५८ जना रहेका सहायक जिशिअ सिग्देलले जानकारी दिनुभयो । १.६ देखि २.० ल्याउने १ हजार १६९ जना रहेका छन् । १.२ देखि १.६ ल्याउने १ सय ५० जना रहेका छन् ।
०.८ देखि १.२ ल्याउने ३ जना र १ जनाले ० देखि ०.८ ल्याएको कार्यालयले जनाएको छ । यी मध्ये पछिल्ला चार जनाले भने अब माथिल्लो तहमा कुनै पनि विषय पढ्न नपाउने सहायक जिल्ला शिक्षा अधिकारी सिग्देललको भनाई छ ।


