कैलासबावु श्रेष्ठ/ गोरखा
जेष्ठ २७ गते । इपिएस कोटा मार्फत् बैदेशीक रोजगारीका लागि दक्षिण कोरिया पुगेका एक गोरर्खालीले आत्मा हत्या गरेको छ । उनले फेसबुकमा जीवन अँध्यारो भएको स्ट्याटस लेखेर आत्महत्या गरेका हुन ।
देगु खांग्सान्स्थित फोजांग कम्पनीमा कार्यरत गोरखा पालुङ्गटार नगरपालिका ३ सिउडेनीका सुनिल अधिकारीले सुसाइड नोटु लेखेर आत्महत्या गरेका हुन्।

२२ वर्षीय अधिकारी इपिएसमार्फत २ वर्षअघि मात्र कोरिया गएका पुगेका थिए। सुसाइट गर्नु केही घन्टा अघि उनले लाइफ लेखेर फेसबुक वालमा कालो रंग पोतेका थिए।

उनका एक साथीले फेसबुकमै कमेन्ट गरेर भोली उज्यालो हुन्छ भनेर कमेन्ट गरेको भएता पनि अधिकारीले भोलीको दिन भने देख्न पाएनन । फेसबुकमा उनले आफ्नो साथीलाई ठट्टा गरिरहेको जवाफ दिएका थिए । त्यसपछि सुसाइड नोट लेखेर आत्महत्या गरेको कोरिया बाट उनका साथीहरुले टेलिफोन मार्फत जानकारी दिए ।

आत्महत्या गर्नुको कारण अझै खुल्न सकेको छैन। सोलस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए । दूतावासका अनुसार अधिकारीको शव फोजांग स्थानीय अस्पतालमा राखीएको उनका साथीहरुले बताए।
गोरखा पालुङ्गटारको भवानी मावि पढेका अधिकारीले बैदेशिक रोजगारीमा जानु अघि राजधानीमा बसेर त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गरेका थिए ।

कामका लागि कोरिया पुगेका अन्य नेपालीहरुले पनि मनोवैज्ञानिक समस्याका कारण आत्महत्या गर्नेको छ।


