कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २७ गते । गोरखा जिल्लामा केही दिन यता नक्कली सवारी चालक अनुमती पत्र फेला पर्न थाले पछि प्रहरीले त्यस्ता सवारी चालक र बनाउन सहयोग गरेको तथा नक्कली सवारी चालक अनुमती पत्र बनाएको भन्दै १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई सरकारी छाप दस्तखत किर्ते मुद्वा दर्ता गरी गहन अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिएको छ ।
पटक पटक गरी पक्राउ परेको आरोपितहरुलाई विभिन्न समयमा विभिन्न स्थानबाट पक्राउ गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भै रहेको हो । पछिल्लो पटक गोरखा नगरपालिका ४ बस्ने सईद मियाँलाई पोखराको लेखनाथ र गोरखा जिल्ला भिमसेन गाउँपालिका ६ घर भै हाल चितवन जिल्ला भरतपुर महानगरपालिका ४ कमलनगर बस्दै आएका साहिद हुसेनलाई चितवनको कुरीनटारबाट पक्राउ गरी सरकारी छाप दस्तखत तथा किर्ते मुद्वा दर्ता गरी थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेका मियाँ र हुसेन गरी प्रहरीले अहिले सम्म १० जनालाई नक्कली सवारी चालक अनुमती पत्र लिएको र बनाउन सहयोग गरेको तथा बनाएको भन्दै नियन्त्रणमा लिएको हो । यस भन्दा अगाडी पनि दुई पटक मा गोरखा र काठमाण्डौंका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरी रहेको छ ।
नक्कली सवारी चालक अनुमती बनाएको भन्दै १० जना पक्राउ
नक्कली सवारी चालक अनुमती बनाएको भन्दै १० जना पक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















