कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २७ गते । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका ५ साविक छोप्राक गाबिस मैदानमा रहेको मण्डली माविमा पर्खाल लगाउने क्रममा भत्किए पछि १ जना कामदारको मृत्यु भएको छ भने अर्का १ जना घाईते भएका छन ।
शनिबार बिहान ८ः४५ बजे भएको उत्त घटनामा परी नवलपरासी जिल्ला गैंडाकोटका गोविन्द सुवेदीको घटना स्थलमा नै ज्यान गएको थियो भने अर्का कामदार सुवास गन्धर्व सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
सपोटिङ वाल उठाउदा वाल भन्दा माथीको ढुङ्गा निकाल्ने क्रममा अचानक माथीबाट माटोको ढिस्को खस्न जांदा ढुङ्गा र माटोले पुरिएर सुवेदीको मृत्यु भएको थियो भने घाईते गन्धर्वलाई गोरखा अस्पतालमा उपचार भै रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
सी जिल्ला गैंडाकोटका गोविन्द सुवेदीको घटना स्थलमा नै ज्यान गएको थियो भने अर्का कामदार सुवास गन्धर्व सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।


