×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

एउटा यात्राको आविष्कार !

  •  
  • शनिबार, जेठ २७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • मेरो यो यात्राको सफलता निकै धरमरमा थियो । यस्तो धरमर पाँच हजार मिटरभन्दा अग्लो लार्के भञ्ज्याङ पार गर्दा पनि भएको थिएन । लार्के भञ्ज्याङभन्दा अग्लो लिपुलेक पार गरेर तिब्बत जाँदा पनि भएको थिएन ।
    मोहन मैनाली
    आफू अररिएर हिँडेको बाटोमा अरू बटुवा आफ्ना दुवै हात हल्लाएर हिँडेको देख्दा मलाई डाहा लाग्थ्यो ।

    जेष्ठ २७, २०७४- धेरै वर्षपहिले यात्रा गर्ने एउटा नयाँ तरिका आविष्कार भएको रहेछ । तर अहिलेसम्म पनि यो तरिका त्यति लोकप्रिय भएको छैन । संसारका अरू ठाउँमा पनि छैनजस्तो लाग्छ, नेपालमा त झनै छैन ।
    यात्रा गर्ने यो तरिका एकदमै आकर्षक छ । यसका आविष्कारकले सोचेका थिए— चुइँया होउन् कि फजुलखर्ची, धनी होउन् कि गरिब, युवा होउन् या बूढाबूढी, गर्मी ठाउँमा बस्ने मानिस होउन् अथवा जाडो ठाउँमा बस्ने सबै मानिस यस्तो यात्रा गर्न लालायित हुन्छन् ।

    यस्तो खालको यात्रा गर्न पैसा खर्च गर्नु पर्दैन । ती आविष्कारकका विचारमा यस कुरामा सबैको ध्यान जानु जरुरी छ । यसै कारणले गर्दा मध्यम खालको आम्दानी भएका मानिसले यात्रा गर्ने यस तरिकाको प्रशंसा गर्नुपर्छ रे ।

    यसै कारणले गर्दा अर्काे वर्ग अर्थात् धनी वर्गका मानिसले यस्तो यात्राको प्रशंसा गर्नुपर्छ रे । यसका आविष्कारक भन्छन्— यस्तो यात्रा गरेर बिरामीले पनि प्रशस्त आनन्द लिन सक्छन् । यस्तो यात्रा गर्दा ठन्डी स्याँठ खानु पर्दैन । कहिले गर्मीले पिल्सनु र कहिले जाडोले सेकिनु पनि पर्दैन ।

    अरू खालको यात्रा गर्न डराउने, कातर मानिसका लागि यस्तो खालको यात्रा अझ बढी उपयोगी हुन्छ रे । किनभने यस्तो यात्रामा ‘कुनै पनि किसिमको खतरा आइपर्दैन ।’ यसका आविष्कारकले के आशा गरेका छन् भने यस तरिकाबारेमा थाहा पाएपछि यात्रा गर्न अहिलेसम्म आँट नगरेका, आँट गरेर पनि यात्रा गर्न नसकेका र यात्रा गर्नुपर्छ भन्ने सोच्दै नसोचेका हजारौं मानिसले यस्तो यात्रा गर्ने सुर कस्छन् ।

    उहिल्यै पत्ता लगाइएको, यात्रा गर्ने यो नयाँ तरिका बारेमा मैले त्यति बेला थाहा पाएँ जति बेला म राम्ररी हिँडडुल गर्न नसकेको तीन महिना जति भएको थियो । घरबाट ५ सय मिटर जति टाढाको उपचार केन्द्रमा जाँदा बाटामा दुई/तीन ठाउँमा थकाइ मार्नुपथ्र्याे । बाटोको पेटीमा हिँड्दा तीन/चार ठाउँमा चार इन्च जति ओर्लनु र उक्लनुपथ्र्याे । यसो गर्न मैले निकै ठूलो साहस बटुल्नुपथ्र्याे । त्यति बेला म पेटी त्यसरी बनाउने चलनलाई सराप्ने गर्थें ।

    आफू अररिएर हिँडेको बाटोमा अरू बटुवा आफ्ना दुवै हात हल्लाएर/जीउ मर्काएर हिँडेको देख्दा मलाई डाहा लाग्थ्यो । म मनमनै भन्थें, ‘के फुर्ती देखाएको ? हात त्यति धेरै नहल्लाईकन/जीउ त्यति धेरै नमर्काईकन हिँडे पनि त हुन्छ नि !’

    गाडी चढेर हिँड्दा पनि असह्य हुन्थ्यो । मोटरसाइकल चढ्ने त कुरै भएन । मैले भेटेका धेरैमध्ये एक जना डाक्टरले आदेशको शैलीमा मलाई सल्लाह दिएका थिए— मोटरसाइकल नचढ्नू । अरू चढेको पनि नहेर्नू ।

    यस्ता बेलामा यस यात्राका आविष्कारकले भनेको सम्झिएँ, ‘संसारिक जञ्जालबाट मुक्त भएर एकान्तमा समय बिताउने अवसर नपाउने मानिस जति दु:खी र असहाय यस संसारमा अरू को होला र ?’

    यात्रा गर्न रमाउने मजस्ता मानिस यो कुरासँग असहमत हुने कुरै थिएन । कुरा यति मात्रै थियो— यस्ता बेलामा यात्रा कसरी गर्ने ?

    ‘हे, दु:खी, बिरामी, थकित मान्छे हो ! आओ मेरा पछि लाग ।… हे अल्छी हो ! उठ, हिँड । यात्रामा निस्क !’ ती आविष्कारकले मलाई नै भनेभैँm लाग्यो र म यात्रा गर्ने उनको यो तरिका जान्न थप उत्सुक भएँ ।
    यात्रा गर्ने यो तरिका उनले सन् १७९० मा आविष्कार गरेका रहेछन् । केही वर्ष त उनको यो आविष्कारबारे केही मानिसलाई मात्र थाहा थियो । यस्तो यात्रा गरेर उनले लेखेको किताब सन् १७९४ मा छापिएपछि यात्राको यो तरिका सार्वजनिक भयो ।

    यो किताबको नाम ‘भोइयाज ओतुर दमा सँब्र’ हो र यसका लेखक हुन् साइभिय द मेस्थ्र । यो किताब फ्रेन्च भाषामा लेखिएको थियो । अंग्रेजी भाषामा १८२९ मा पहिलोपटक छापिएजस्तो देखिन्छ । त्यसयता यसलाई धेरै जनाले अनुवाद गरेका छन्, भिन्न–भिन्न प्रकाशकले छापेका छन् : ‘भोयज अराउन्ड माई रुम’, ‘जर्नी अराउन्ड माई रुम’ आदि नाममा ।

    यो किताब हिजोआज पनि चर्चित, समसामयिक र उपयोगी छ । त्यसैले त तीन–चार वर्ष पहिलेसम्म पनि यसको समीक्षा छापिने गरेको थियो ।

    नामैले भन्छ यो साइभियले गरेको आफ्नो कोठाको यात्रा हो । उनको यात्रा बयालीस दिन लामो थियो जति बेला उनी आफ्नो कोठामा थुनिएका थिए ।

    उनको यात्रा र यात्रा वर्णन गर्ने शैली अनौठो रहेछ । उनले लेखेका छन्, ‘फादर बेक्कारियाको नापअनुसार, मेरो कोठा ४८ डिग्री पूर्वी अक्षांशमा अवस्थित छ । यो पूर्व–पश्चिम फैलिएको छ । कोठाको एउटा भित्तोदेखि अर्काे भित्तोसम्म जान आउन ३६ पाइला हिँड्नुपर्छ ।’

    लगातार तीन दिनसम्म एक पाइला पनि नचालेपछि मैले साइभियको यात्राको नक्कल गर्ने अवसर पाएँ ।

    काठमाडौँको मध्यभागतिरको माइतीघरको अन्नपूर्ण न्युरो अस्पतालमा मैले निकै उत्साहका साथ यो यात्रा थालेँ । एक, दुई, तीन… । सीधा अगाडि बाह्र पाइला चालेपछि मेरो हिँड्ने बाटो भित्ताले छेक्यो । एक पाइला देब्रे लागेर पूरा मोडिएर बाह्रै पाइला चालेपछि म आफ्नो बेडमा आइपुगेँ । मेरो यात्रा सफलतापूर्वक टुंगियो ।

    यसअघि मैले गरेका कुनै पनि यात्रा यति रामोञ्चक थिएनन् । ती यात्रामा यात्रा सफल होला कि नहोला भन्ने चिन्ता र कौतूहल उत्रो हुँदैनथ्यो । मेरो यो यात्राको सफलता निकै धरमरमा थियो । यस्तो धरमर पाँच हजार मिटरभन्दा अग्लो लार्के भञ्ज्याङ पार गर्दा पनि भएको थिएन । लार्के भञ्ज्याङभन्दा अग्लो लिपुलेक पार गरेर तिब्बत जाँदा पनि भएको थिएन ।

    यो यात्रा सफल भएकोमा म जति हर्षित भएँ त्यति हर्षित म मानसरोवरको यात्रा सक्दा भएको थिइनँ । सफलतापूर्वक यात्रा सकेकोमा म, मेरो परिवार त खुसी थियौँ नै । मेरो यो यात्रा गराउने डाक्टरहरू त्यति नै खुसी थिए । मेरो सफल यात्राबाट उनीहरूले तीन दिनअघि गरेको सर्जरीले बिगार गरेको रहेनछ भन्ने प्रमाण दिएछ । म हिँड्न सक्ने रहेछु भन्ने थाहा भयो ।

    यो यात्रा गर्न जति तयारी गरेको थिएँ यसअघिका कुनै पनि यात्रामा गरेको थिइनँ । यात्रा गर्ने दिन बिहानै नर्स आएकी थिइन् । उनले मेरो ब्लडप्रेसर, तापक्रम जाँचेकी थिइन् । त्यसपछि उनले मलाई यात्रा गर्ने विधिबारे लामो विवरण दिएकी थिइन् : त्यो यात्रा थाल्नुअघि उनले मेरो टाउकोपट्टिको भाग कसरी उठाउँछिन्, मेरी श्रीमतीले मेरो खुट्टा बेडबाट कसरी तल झारिदिन्छिन्, मैले खुट्टाले भुइँ कसरी टेक्नुपर्छ, त्यसपछि मेरो जीउ कसरी सीधा पार्नुपर्छ आदि ।

    साइभियले छोटो दूरीमा पनि लामो यात्रा गर्ने तरिका निकालेका रहेछन् । त्यो तरिका यस्तो रहेछ, ‘म एउटा भित्तादेखि अर्काे भित्तासम्म सोझो हिँड्दिनँ । दायाँ–बायाँ, यताउता जता मन लाग्छ त्यतै हिँड्छु ।… मेरो टेबलबाट म एउटा कुनातिर जान्छु । त्यहाँबाट छड्के बाटो समातेर ढोकातिर लाग्छु । हिँड्न सुरु गर्दा फर्केर टेबलमै आइपुग्ने विचार गरेको भए पनि बाटोमा कुर्सी फेला पर्‍यो भने म तुरुन्तै त्यहाँ बस्छु ।’

    त्यस दिन मैले साइभियको यो स्वच्छन्द यात्राको नक्कल गर्न भने पाइनँ किनभने उस्ताद र सिकारु डाक्टर अनि नर्सको लामले मेरो बाटोको दुवै किनारामा बार लगाएको थियो । मलाई बाङ्गोटिङ्गो हिँड्न अनुमति थिएन ।

    तर बितेका केही दिन मैले साइभियभन्दा एक पाइला अघि बढेर उनले भन्दा स्वच्छन्द यात्रा गरेको थिएँ । अस्पतालको कोठामा । कोठामा पनि नभनौँ बेडमा ।

    बेडमा सुतेका बेला मेरो केही पनि काम थिएन । केही पनि काम गर्न मलाई अनुमति थिएन, सुतेको ठाउँबाट वर्कन फर्कनसमेत । त्यसो गर्नुपर्दा मैले मलाई रुँग्ने मानिसलाई भन्नुपथ्र्यो । उनले नर्सलाई भन्नुपथ्र्यो । त्यसपछि नर्स र मलाई रुँग्ने मान्छे दुई जना भएर मेरो शरीरलाई धक्का नलगाईकन बेडको तन्नाका सहायताले मलाई फर्काइदिन्थे । सुतेको ठाउँबाट उठ्ने कुरै थिएन । त्यसैले म दिमाग मात्र लिएर घुम्न निस्किन्थेँ ।

    हिजो बिहान म १०/१५ वटा घोडा पिच सडकमा हिँड्दा तिनका टापले निकालेको आवाजले ब्युँझिएँ । सलक्क परेका चिल्ला, खैरा घोडामा सवार, खाइलाग्दा ज्यान भएका घोडचढीको पछि लागेर हिँडे । हिजो पानी परेकाले बाक्लिएको बिहानको हुस्सु छिचोल्दै हामी सिंहदरबारको दक्षिण गेट पुग्यौँ । त्यहाँबाट भद्रकाली पुगेर टुँडिखेल पस्यौँ ।

    बाटोभर मलाई कुनै किसिमको असुविधा भएन । तर हरियो टोप लगाएका घोडचढीले जसरी घोडाको चालसँगै आफ्नो शरीर अलिकति अघिल्तिर लगेर उठाउँदै, बसाउँदै गर्न भने मैले सकिनँ । घोडचढीले टुँडिखेलमा अभ्यास गर्दा पनि म बसि मात्र रहेँ ।

    संसारभर लडाइँमा घोडचढीको विशेष महत्त्व हुन्छ । तर सुगौली सन्धिपछिका २०० वर्षमा नेपालका घोडचढीले लडाइँ गर्नु परेन कि ? थरीथरीका दिवसमा हर्ष बढाइँ गर्ने बेलामा भने आजभोलि पनि घोडचढीको भाउ बढ्छ ।

    घोडा र घोडचढी दुवै पुसको जाडोमा पनि दुई–चारचोटि पसिनाले खल्खली भएपछि उनीहरू टुँडिखेलबाट बाहिर निस्किए । म पनि उनीहरूकै पछि लागेँ । अस्पताल आइपुगेपछि मैले उनीहरूलाई छाडिदिएँ । उनीहरू अस्पतालभन्दा अलि उत्तरपश्चिमको नेपाल क्याभ्लरी लेखिएको गेट खोलेर भित्र पसे ।
    बिहानको यात्राको थकाइ मरेपछि पनि म फुर्सदिलो नै थिएँ । त्यसैले बेडमा सुतेर उत्तरतिर झ्यालबाहिर जे–जे देखिन्छ त्यही हेरेँ । नीलो आकाश र त्यसलाई पछाडि पारेर एउटा चील उडिरहेको थियो । कुनै बेला पँखेटा चलाएर र कुनै बेला कावा खाएर ।

    बेडबाट उठेर हेर्न सकेको भए मैले चीलको पछाडि नीलो आकाश होइन लाङटाङ, घ्याङ छेम्पु र दोर्जे लाक्पाजस्ता हिमाल देख्ने थिएँ । यसपालिको हिउँदमा काठमाडौँबाट ती हिमाल सधैँभन्दा बढी चहकिला देखिएका थिए । उति टाढा पनि त थिएनन् । ६० किलोमिटर कति टाढा हो र ?

    आठ महिनापहिले म ती हिमालको फेदमा पुगेको थिएँ । त्यस यात्रामा मेरो सुर थियो— सत्र वर्षअघि त्यहाँ जाँदा जुन बाटो हिँडेको थिएँ त्यही बाटो हिँड्ने, जुन ढुंगामा पाइला टेकेको थिएँ त्यही ढुंगामा टेक्ने, जुन घरमा बास बसेको थिएँ/खाना खाएको थिएँ त्यही घरमा बास बस्ने/खाना खाने, जसलाई भेटेको थिएँ उसैलाई भेट्ने । २०७२ सालको भुइँचालोले गर्दा मेरो चाहना राम्ररी पूरा हुन पाएन । कति ठाउँमा मैले पहिले हिँडेको बाटै थिएन । मैले पहिले टेकेका कति ढुंगा थिएनन् । कति पुराना घर सग्ला थिएनन् । कतिवटा त गाउँ नै थिएनन् । मैले पहिले भेटेका केही मान्छे कालगतिले बितेछन् । केहीलाई भुइँचालोले मारेछ ।

    साइभियले आविष्कार गरेको यात्रा गर्ने नयाँ तरिकामा आफू बसेको कोठा बाहिर निस्किने विधिविधान छैन । तर मैले त्यसमा सुधार गरेर आफू अस्पताल बस्दाका केही दिन आफूले केही समयपहिले गरेको लाङटाङ यात्रा दोहोर्‍याएर बिताएँ ।

    साइभियले आफ्नो किताबमा ठूलो आत्मविश्वासका साथ लेखेका छन्, ‘यस धर्तीमा पैदा भएका अथाह मानिसमध्ये एक जना फगत एक जना पनि यस्तो मानिस भेटिँदैन जसले मेरो किताब पढेपछि मैले आविष्कार गरेको यात्राको यो नयाँ तरिकालाई अस्वीकार गर्छ ।’

    हो साइभिय, पुरानै ढाँचाको यात्रामा रमाउने मानिस मलाई पनि तिमीले आविष्कार गरेको नयाँ यात्रापद्धति उपयोगी भयो । पुरानो खालको यात्रा गर्न नसकेका आठ/नौ महिना तिम्रो किताबले मलाई राहत दियो । तिमीले सुझाएको नयाँ तरिकाले यात्रा गर्न पाएकाले यात्रा गर्न नपाउँदा हुने अत्यास मैले भोग्नु परेन । तिमीलाई धेरै धन्यवाद ।

    http://kantipur.ekantipur.com/news/2017-06-10/20170610105242.html

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ २७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.