×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आर्थिक वर्ष सकिनै लाग्दा बजेट सिध्याउने चटारो, गुणस्तरिय कामनभएको उपभोक्ताको गुनासो

  •  
  • शनिबार, जेठ २७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    साढे ११ महिनामा सम्पन्न हुन नसकेका विकास निर्माणका काम अबको १५ दिनमा सम्पन्नगर्ने गरी रकम सिध्याउन गोरखा विकासे अड्डा, र उपभोक्ता समितिहरू कस्सिएका छन् । समय छउन्जेल आलटाल र आफ्ना मान्छेलाई कार्यक्रम पार्ने ध्याउन्नमा रहेका विकासे अड्डा र विकासका काम गर्छौं भनी जिम्मेवारी दिने उपभोक्ता समिति अन्तिम समय भए पछि काम भ्याउन तछाड मछाड गरिरहेका छन् ।

    ‘वर्ष भरी काम ओगेटर बसे अहिले काम भन्दा कागज मिलाउन नै व्यस्त छन्, यसरी के विकास हुनु’ सिरानचोकका गंगा लामाले भने ।उपभोक्ता समितिका मान्छे र विकासे अड्डाका विकास निर्माण हेर्ने कर्मचारीलाई जिल्ला समन्यव समिति, नगरपालिका, र गाउँपालिका तथा वडामा कागज मिलाएर बजेट सक्न निकै चटारो परेको छ । वर्ष भरि गर्न नसकेको काम १५ दिनमा सक्न सम्भव नभएको कतिपय उपभोक्ताको तर्क छ । बिकासे अड्डाहरुले पनि कामको प्रगति भन्दा सम्झौता गरेका बजेट सक्न ध्यान दिनेको कर्मचारीहरु नै स्वीकार गर्छन ‘बजेट फ्रिज हुन दिन भएन कार्यालयले सम्झौता त गरेको छ काम सक्न नसक्ने त उहाँहरुमा भर पर्छ,’ जिल्ला समन्यव समिति एक कर्मचारीले भने ।

    साबिकको जिल्ला विकास समिति मार्फत झण्डै २५ करोडको बजेट स्थानिय योजनाहरुमा विनियोजन भएको छ । सडक, विद्युत, स्वास्थ्य, कृषि, भवननिर्माण, सिपविकास लगायतका शीर्षकहरुमा बाँडफाड भएको उक्त बजेट अन्र्गगत केहीदिन अघि देखि मात्रकाम सुरु भएको हो । वर्षेनी आर्थिक वर्षको अन्त्यतिर मात्र काम गर्ने परिपाटीले बिकास निर्माणका काम प्रभावकारी नभएको गुनासो बढि रहेको बेला यस वर्ष भने स्थानिय निर्वाचनले समेत प्रभावित तुल्याएको थियो ।

    ‘सधै वर्खा लागे पछि मात्र काम गर्ने गर्छन, यस वर्ष त झन चुनावले पनि काम गर्न ढिला भयो’ सुलिकोटका शम्सेर गुरुङले भने । कुल ५७३ योजनाहरु जिल्ला समन्वय समितिमा स्वीकृत भएको करिव ५५० भन्दा बढि योजना सम्झौता भएको योजना शाखाले जानकारी दिएको छ ।‘अधिकाशं योजनाहरु सम्झौता भएका छन्, विकास निमार्ण बाहेकका केही योजनाहरु सम्झौताको चरणमा छन’ स्थानिय विकास अधिकारी आर्चायले भने । फर्निचर खरिद, कार्यालयहरुका लागि सहयोग जस्ता र्शीषकका योजनाहरु भने अझै सम्झौता भई काम भईरहेको जिल्ला समन्वय समितिको दाबी छ ।
    निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्गत पनि काम भईरहेको कर्मचारीहरुले बताएका छन् । क्षेत्र नम्बर २ मा भने उक्त रकम विद्युतको पक्की पोल खरिदमा र्खच गरिएको छ । जिल्लाका ३ स्थानमा पोल खरिद गरि राखिएको र केही दिन भित्र आवश्यकताका आधारमा वितरण गर्ने जिल्ला समन्वय समितिको तयारी छ । ‘माननियहरुले बैठक बसेर बाँडफाँडको टुंगो लगाउनु हुन्छ अनि हामी पोल बाड्छौ’ स्थानिय विकास अधिकारी आर्चायले भने ।

    स्थानियतह सँगै कृषि, स्वास्थ्य, शिक्षा, सिञ्चाइँ, पशु सेवाकार्यालय, सडक, विद्युत लगायतका विषय गतकार्यालयलाई पनि यस वर्ष स्वीकृत भएको कार्यक्रम सम्पन्न गर्न भ्याईनभ्याई छ । आर्थिक वर्ष सकिन लाग्दा यसरी भएका विकास निर्माणका काम प्रभावकारी नभएको सेवाग्राहीले गुनासो गरेका छन् । ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा काम भएको उपभोक्ताको गुनासो छ । नियमन निकायको भुमिका कमजोर भएको देखिन्छ । ‘फिल्डमा कस्तो कामभएको छ, हेर्ने कोही आउँदैन्, ग्राबेल गरिएको बाटोको अवस्था यस्तो छ’ सिरोचोक गाउँपालिका अन्तर्गत चोरकोट छोप्राक हुँदै भच्चेक जाने बाटोमा गरिएको काम देखाउँदै स्थानिय शिवहरी पोखरेलले भने । यता स्थानिय विकास अधिकारी आर्चायले भने अनुगमनको पाटोलाई शसक्त पारिएको दाबी गरेका छन् । ‘प्राविधिक साथिहरु फिल्डमा हुनुहुन्छ, हामी पनि गएर हेरेका छौं जिल्लाको काम सन्तोजनक छ’ आर्चायले भने । केही क्रमगत योजना बाहेक अरुमा काम सम्पन्न हुने उनको दाबी छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ २७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.