कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २४ गते । बढ्दो शहरी करण संगै गोरखा बजारमा सुरक्षा चुनौति थपिए पछि गोरखा बजार क्षेत्रलाई सिसिटीभी सञ्जालमा जोड्न बजारबासीले आग्रह गरेको छ । सामुदायि सेवा केन्द्र गोरखाको आयोजनामा जिल्ला प्रहरी कार्यालय गोरखामा भएको कार्यक्रममा गोरखाबासीहरुले दिनानुदिन सुरक्षा चुनौती बढेको भन्दै चाढो भन्दा चाढो सञ्जालमा जोड्न आग्रह गरीएको हो ।
कार्यक्रममा सहभागी भएका गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोरखा नगरलाई सिसिटीभी सञ्जालमा जोड्न आवश्यक भएको भन्दै तत्कालै यो कार्यको प्रारम्भ गर्न अनुरोध गरे । ‘राज्यको हिसाबले यो नगरपालिकाको दायित्व भित्र रहेको भएता पनि सामुदायिक सेवा केन्द्रले यो अभियान थालेकोमा खुशी हुदै नगर क्षेत्र भित्र बिकासका जुन सुकै काम गर्न पनि नगरपालिका तयार रहेको’ बताए ।
कार्यक्रममा सहभागी भएका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलले बढदो शहरी करण संगै जिल्ला सदरमुकामलाई सिसिटीभी सञ्जालमा जोड्न आवश्यक भएकोले कानून तथा अन्य कुनै पनि सहयोग गर्न आफु तयार भएको बताए ।
सदरमुकाम क्षेत्र भित्र मध्ये पनि खोलखोलेको गोरखा नगरपालिका अफिस जाने मुल सडक देखी चाईनिजधारा हुदै पेट्रोल पम्प, हरमटारी, कालीमाटी, शक्तिचोक, पुरानो बसपार्क, नयाँबजार, नयाँ बसपार्क, बिपी चोक, पदेली, ठुलोआँगन, तिनधारे, पाटेचौर हुदै गोरखा अस्पताल क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय सम्म आउने गरी सिसिटीभी जडान गर्न सामुदायि सेवा केन्द्र गोरखाले बिगत ६ महिना देखी अभियान चलाए रहेको छ ।
हाल रही रहेको स्थान भन्दा पनि थप १५ स्थानको १८ ठाउँमा सिसिटीभी जोड्न आवश्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले सहभागी सबैलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक जनकराज पाण्डेका अनुसार अहिले लोकतान्त्रिक चोक देखी शक्तिचोक सम्मको ७ स्थानमा मात्र सिसिटीभी जडान भएको भन्दै सदरमुकामको धेरै क्षेत्रमा सिसिटीभी जडान गर्दा थोरै जनशक्ति बिच प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न सहयोग पुग्ने बताए ।
छलफल कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, गोरखा नगरपालिका ५, ६ र ७ नम्बरका टोल बिकास समितिका पदाधिकारीहरु, सदरमुकाममा बैकिङ्ग कार्यालय संञ्चालन गरीरहेका बैंकका प्रतिनिधी, निर्माण ब्यवसायी समिति, सुनचाँदी ब्यवसायी समिति, हेभी ईक्वीप्मेन्ट, शसत्र प्रहरी तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
गोरखा बजारलाई सिसिटीभी सञ्जालमा जोड्न बृहत्त छलफल
गोरखा बजारलाई सिसिटीभी सञ्जालमा जोड्न बृहत्त छलफल
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















