मोहसिन अलि मियाँ/गोरखा
जेष्ठ २३ गते । पूर्व युवराज्ञी हिमानी शाह आफ्ना एक छोरा हृदयन्द्र र छोरीहरु प्रेरणा र करुणाका साथ कुल देवताको पुजा गर्न गोरखाको गोरखकाली मन्दिर आएकी छिन् ।

गोरखा दरबार परिसरमा उनले एक घण्टा बिताइन् । आठ बर्ष पछि हिमानी गोरखा दरबार आएकी हुन् ।

नितान्त पारिवारीक भ्रमण र पुजाका लागी हिमानी गोरखा आएकी उनका एक सहयोगी बताए ।

गोरखा दरबारमा पुजा सके पश्चात उनिले गोरखा संग्रालयको समेत अबोलोकन गरेकी छन् ।

गोरखा स्थित ठूलो आँगनमा रहेको तल्लो दरबारलाई २०६२/६३ को जन आन्दोलन पश्चात गोरखा संग्रालयको रुपमा परिणत गरिएको थियो ।

मंगलबार बिदा हुने संग्रालय हिमानी आउने भए पछी आज खुल्ला गरीएको थियो ।

उनले गोरखा संग्रालय परिसरमा रहेको पृथ्वि नारायण शाहको शालिकमा समेत माल्यापर्ण गरेकी छिन् ।

पूजा गर्न गोरखा आइपुगेका उनिहरुसंग पूर्वयुवराज पारस शाह भने सहभागी भएनन् ।

पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्ण पश्चात उनिहरुलाई गोरखा नगरपालिकाको कार्यालयले औपचारिक कार्यक्रम गरी स्वागत समेत गरेको थियो ।

नगरपालिकाको कार्यालयमा भएको स्वागत कार्यक्रममा नवनिर्वाचित मेयर राजनराज पन्तले आफ्नै कार्यकक्षमा हिमानी ट्रष्टका अध्यक्ष समेत रहेकी हिमानी शाहलाई स्वागत गर्न पाउदा खुसी लागेको बताएका थिए ।

हिमानी ट्रष्ट मार्फत बिभिन्न सामाजिक कार्यमा समेत सक्रिय हिमानीले भुकम्प पश्चात जिल्लामा भइरहेको गतिविधिका बारे चासो राखेकी नगरपालिकाका कार्यकारी अधिकृत जिवन आलेले बताए ।

उनले छोटो प्रतिक्रिया दिदै गोरखावासीले गर्नुभएको स्वागत तथा सद्भावप्रति धन्यबाद दिदै आगामी दिनमा हिमानी ट्रष्ट मार्फत जिल्लाका सामाजिक कार्यमा सहभागी हुन इच्छुक रहेको बताएकी थिईन ।

साथै उनिले भोली गोरखा कै मनकामना मन्दिरको पूजा गर्ने कार्यक्रम रहेको उनका एक सहयोगीले बताएका छन् ।




