कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २३ गते । नक्कली सवारी चालक अनुमती पत्र लिने र किर्तेगर्ने बिरुद्व प्रहरीले चालेको अभियानमा थप ब्यत्तीहरु पक्राउ पर्ने क्रम जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले दिएको जानकारी अनुसार नक्कली सवारी चालक अनुपती पत्र लिने र किर्ते गरेको आरोपमा पछिल्लो समय थप ४ जना पक्राउ गरी अनुसन्धान भै रहेको छ ।
जिल्लामा सवारी साधनको बृद्वि संगै नक्कली सवारी चालक अनुमती पत्र लिने र किर्तेगर्नेहरुको चहलपल ह्वात्तै बढेको अनुसन्धानबाट देखीए पछि प्रहरीले बिशेष अभियान नै संञ्चालन गरी त्यस्ता समूह तथा ब्यत्तीलाई पक्राउ गरी कानूनी दायरामा ल्यान थालेको हो ।
पक्राउ परेको सबैलाई सरकारी छाप दस्तखत किर्ते मुद्वामा मुद्वा दायर गरी अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
![]()
पछिल्लो समय गोरखा जिल्ला घर भै धार्चे गाउँपालिका ७ का सोम प्रसाद गुरुङ्ग र गोरखा नगरपालिका ४ फिनाम निवासी महबुव हुसैनलाई सवारी चेक जाँचका क्रममा नक्कली सवारी परिचय पत्र फेला परे पछि नियन्त्रणमा लिएर कार्यालयले अनुसन्धान गरीरहेको छ ।
पक्राउ परेका दुवैले गोरखा र काठमाण्डौ जिल्लाको विभिन्न ब्यत्तीबाट आफुले सवारी चालक अनुमती पत्र लिएको जानकारी दिए पछि गोरखा जिल्ला गोरखा नगरपालिका ६ बस्ने राजन शाही र काठमाण्डौं जिल्ला काठमाण्डौ महानगर पालिका ३ स्वयम्भू निवासी ज्ञानु कुवरलाई प्रहरीले पक्राउ गरी नक्कली सवारी चालक अनुपती पत्र किर्ते गरेको आरोपमा सरकारी छाप दस्तखत किर्ते मुद्वा दर्ता गरी अनुसन्धान भै रहेको प्रनाउ थापाले बताए ।

यस अघि पनि रौतहट जिल्ला साविक प्रेमपुर गोहनी गाबिस १ घर भै हाल गोरखा जिल्ला गोरखानगर पालिका ६ खोलखोले बस्ने राम औतार महतो, रौतहट जिल्ला साविक कटहरीया गाविस ९ का मुकेश भन्ने भगवान दास सोनार, गोरखा जिल्ला शहिद लखन गाउँ पालिका ७ निवासी अनिल तिवारी र गोरखा नगरपालिका १० बस्ने फिजोज खानलाई प्रहरीले पक्राउ गरी सवारी चालक अनुमती पत्र किर्ते गरेको आरोपमा मुद्वा दर्ता गरी अनुसन्धान भै रहेको छ ।
तस्बिर गुगल




















