भूकम्प गएको लामो समय सम्म घर बनाउन नसकेका गरिब तथा विपन्न समुदायका पिडितले थप ५० हजार अनुदान पाउने भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरिब तथा विपन्न र दुर्गम भेगका भूकम्प पिडितलाई घर बनाउन सहज बनाउन उदेश्यले ५० हजाार अनुदान थप गर्न लागेको प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर गोबिन्द पोखरेलले बताउनुभएको छ । ‘घर निर्माणको काम ढिला भयो, गरिब तथा बिपन्न र उत्तरी दुर्गम क्षेत्रका पिडितलाई अनुदान रकम अपुग हुने देखियो,त्यसैले केही रकम थप गर्ने निर्णय गरेका हौ’ पोखरेले भने ।
उक्त रकम भने गैरसरकारी संस्था मार्फत पिडितलाई उपलब्ध गराउने पिडितले स्पस्ट पार्नुभएको छ ।‘सरकारले सबैलाई तिन लाख नै दिएको हो, केही पिडित उक्त रकम अपुग देखियो र संघ सस्था मार्फत थप गर्ने तयारी गरका छौ’ उनले भने । भुकम्प पछि काम गर्न आएका संघ सस्थाले त्यस्ता पिडितलाई अनुदानको ५० हजार रुपयाँ दिने गरी कार्ययोजना निर्माण गरिएको पोखरेलले बताए । गरिब तथा बिपन्न, बृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति,एकल महिला र दुर्गम क्षेत्रका भूकम्प पिडित उक्त रकम पाउने छन् ।
गोरखा जिल्लाका निर्वाचित जनप्रतिनीधिहरु सँगको अन्र्तक्रिया कार्यक्रममा सहभागी हुन आएका पोखरेलले सञ्चारकर्मीहरु सँगको कुराकानी गर्दै पुन निर्माणको प्रक्रिया सहज बनाउन आफू लागि परेको बताए ।‘हामी केही खुकुलो भएका छौ, जसरी भए पनि पिडितको घर बनोस् भन्ने हाम्रो चाहना हो’पोखरेलले भने । विगतमा भएका कमजोरीलाई सच्याएर जनप्रतिनीधि मार्फत काम अब नयाँ ढङ्गले पुर्ननिर्माणको काम अघि बढाउने प्राधिकरणको योजना छ । ‘भर्खरै निर्वाचित भएका आउनुभएका जनप्रतिधिहरुलाई स्थानिय समस्या सबै थाहा छ उहाँहरुलाइै सक्रिय नबाए अब काम हुँदैन,उहाँहरुलाई भुमिका दिनुपर्छ’ पोखरेलले भने ।
गोरखाका स्थानिय प्रतिनीधिहरुले पनि पुन निर्माणको काममा आफूहरुको भुमिका हुनु पर्ने बताएका छन् ।‘नाम छुटेका पिडितले पनि भोट दिएका छन्, घर नभएका पिडितले पनि जिताएका छन्, उनीहरुको समस्या हेरेर हामी काम गर्न सक्दैनौं पुर्ननिर्माणको काममा हाम्रो स्पस्ट भुमिका हुनुपर्छ’ गोरखा नगरपालिकाका मेयर राजन पन्तले भने । गोरखाका ११ वटै स्थानिय तह बाट निर्वाचित प्रमुख तथा उपप्रमुखहरुले पुर्ननिर्माणको अहिलेको अबस्था, समस्या र समाधानका उपाया बारे प्राधिकरणका कार्यकारी निर्देशक पोखरेललाई जानकारी गराएका थिए ।


