गोरखा समाचारदाता
नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे निर्वाचित जनप्रतिनीधिले इमान्दारिताका साथ काम गर्नु पर्ने बताएका छन् । निर्वाचित प्रतिनीधिहरुको सम्मानमा नेपाली काग्रेस गोरखाले गरेको कार्यक्रममा बोल्दै नेता पाण्डेले जनतामा दिएको आश्वासन पुरा गर्न जनप्रतिनीधिहरुलाई आग्रह गरेका हुन् ।
लामो समय पछि भएको निर्वाचनले जनतामा ठुलो आशा पलाएको भन्दै उक्त आशा नमर्ने गरी काम गर्न उनले जनप्रतिनीधिहरुलाई आग्रह समेत गरे । गोरखा जिल्लाका जनप्रतिनीधि सँग काम गर्ने ठुलो अबसर रहेको भन्दै नेता पाण्डेले उक्त अबसरले पार्टी र जनप्रतिनीधि दुबै फाईदा गर्नुका साथ गाउँठाउँको विकास समृद्धिमा पनि मद्धत पुग्ने दाबी गरे ‘जनतालाई दिएको आश्वसान पुरा गर्नुभएन भने तपाइँहरु त डुब्नु नै हुन्छ त्यस्ले पार्टीलाई पनि डुबाउँछ ’ पाण्डे भने ।
जितलाई सहज रुपमा लिएर सबैलाई मिलाएर काम गर्न पाण्डे सुझाब दिएका छन् । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला अध्यक्ष हरी बहादुर घलेले जनताको काममा लाग्न सबै जनप्रतिनीधिहरुलाई निर्देशन समेत दिएका थिए । कार्यक्रममा गोरखाका ९ वटै स्थानिय तहमा जितेका जनप्रतिनीधिहरुको उपस्थिति रहेको भने उनीहरुले आ–आफ्नो प्रतिवद्धता समेत व्यक्त गरेको नेपाली कांग्रेस जिल्लाका सचिव नन्द प्रसाद न्यौपानेले जानकारी दिए ।




















