कैलासबावु श्रेष्ठ/गोरखा
जिल्लाका केही सरकारी कार्यालयले ९ वर्ष देखि पानीको महशुल नतिरेको खुलेको पाईएको छ । तिन वटा पृथ्वीनारायण साना शहरी खानेपानी आयोजनाले वितरण गरेको पानीको महशुल नतिरेको भन्दै आयोजनाले पत्रकार भेटघाट गरी जानकारी गराएको छ ।
साबिकको जिल्ला बिकास समिति (जिल्ला समन्वय समिती), जिल्ला शिक्षा कार्यालय र जिल्ला जन स्वास्थ्य कार्यालय गोरखाले विगत ९ बर्ष देखी पानी उपभोग गरेर पनि महशुल बापतको करिव ४ लाख रकम नतिरेको देखिएको छ । आयोजनाका अध्यक्ष बिनोद अर्यालका अनुसार हालको जिल्ला समन्वय समितीले २०६९ साल जेष्ठ देखि हाल सम्म पनि पानी प्रयोग गरेर रकम दिएको छैन ।

जिल्ला समन्यव समितिले हाल सम्म बिना जरीवाना १ लाख ६५ हजार ५ सय ५ रुपैयाँ ७ पैसा तिर्न बाँकी देखिए को छ । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले पनि २०६७ साल देखी पानीको भुक्तानी दिन बाँकी छ ।

स्वास्थ्यले ९३ हजार १ सय २४ रुपैयाँ ५० तिर्नुपर्ने देखिएको अध्यक्ष अर्यालले बताए । यता जिल्ला शिक्षा कार्यालयले पनि बिगत लामो समय देखी पैसा नर्तिदा १ लाख ९१ हजार ६ सय ९१ रुपैयाँ ३० पैसाँ बाँकी देखीएको अर्यालले बताए । ‘सरकारी कार्यालयले त यस्तो गर्दा रहेछन सर्व साधारणले रकम तिरेनन् भनेर हामीले भन्न पनि गारो हुने रहेछ’ अध्यक्ष अर्यालले भने ।

१ हजार २ ग्राहक रहेको खानेपानीले हाल सम्म २२ लाख भन्दा बढि रकम असुल गर्न बाँकी रहेको आयोजनका कर्मचारीहरुले बताएका छन् ।


