महिलाहरुले स्थापना गरेको लायन्स क्लब अफ गोरखा कालिकाका विद्यिवत रुपमा सञ्चालनमा आएको छ । एक कार्यक्रमका विच लायन्स अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ का गर्भनर बालकृष्ण बुर्लाकोटीले अध्यक्ष देवु मास्केलाई स्थापनाकोे प्रमाणपत्र प्रदान गरे पछि उक्त क्लव विद्यिवत मान्यता पाएको हो ।

प्रमुृख अतिथी समेत रहनु भएका गर्भनर बुर्लाकोटीले स्थापना कार्यक्रममा बोल्दै यो बर्ष नेपालमा महिलाहरुको सदस्यता बृद्विका लागि काम भै रहेकोमा गोरखा शाखाले महिलाहरु मात्र भएको शाखा गठन गरेको भन्दै खुशी ब्यक्त गरे । यो वर्ष १५ क्लब लायन्समा दर्ता भएकोमा गोरखा लगायत २ हजार १ सय महिला लायन्समा आबद्व भएको बताए ।

सामाजिक सेवामा सर्मपित यो क्लबको विश्व भरिका १४ लाख २७ हजार सदस्य मध्ये महिला मात्रै २७ प्रतिशत रहेको भन्दै नेपालमा महिलाहरुको सहभागिता अझै बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गोरखा नगरपालिका मेयर राजनराज पन्त, उप मेयर बिना श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशी, निर्माण ब्यवसायी संघका कार्यबाहक अध्यक्ष चन्दनबावु खत्री, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति भगवान मास्के लगायतको उपस्थिती रहेको थियो ।

लायन्स क्वल अफ गोरखाको सौजन्यमा गठित गोरखा कालिकामा गोरखा बजार आसपासका महिलाहरुको सदस्य रहेका छन । शाखाका सबै सदस्यलाई गर्भनर बुर्लाकोटीले सपथ खुवाएर प्रमाणपत्र समेत दिएका थिए ।



