कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ १७ गते । विश्व धुम्रपान रहित दिवशका अवशरमा गोरखा सदरमुकाममा भएको एक कार्यक्रममा सहभागीहरुले अब देखी सुर्ति जन्य पदार्थ सेवन नगर्ने प्रतिबद्वता जनाएका छन । सहभागी सबैले सामूहिक रुपमा नै प्रतिबद्वता ब्यक्त गरी अब देखी सुर्ति र सुर्तिजन्य पदार्थ सेवन नगर्ने प्रतिबद्वता गरेका हुन ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाको आयोजना र स्वस्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण सञ्जाल गोरखाको समन्वयमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले जिल्लालाई सुर्ति र सुर्तिजन्य पदार्थ रहित जिल्ला घोषणा गर्न र विभिन्न सचेतना कार्यक्रम गर्न समेत सरकारी निकायलाई आग्रह गरीएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नेपालमा धुम्रपानका बिषयमा कडा भन्दा कडा निती नियम भएता पनि कार्यान्वय पक्ष कमजोर भएको स्विकार गर्दै सरकारले कर लिएर सुर्ति जन्य पदार्थको उद्योग खोल्न पनि दिने र नियन्त्रण गर्ने भन्ने हुदाँ समस्या आएको बताए । प्रजिअ बस्नेतले न्यूनिकरणका लागि जन चेतनाको कार्यक्रमलाई ब्यापक रुपमा गनुपर्ने भन्दै भोली (बिहीबार) बाटै बजार अनुगमनमा कडाई गर्ने प्रतिबद्वता ब्यत्त गरेका थिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख केदार पराजुली र गोरखा अस्पतालका मेसु डा.श्रीराम तिवारीले सुर्तिजन्य पदार्थ सम्वन्धी दुई छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा सहभागी सबैलाई अब देखी सुर्तिजन्य पदार्थ सेवन नगर्ने बिषयमा प्रतिज्ञा गराईएको थियो ।
अब देखी सुर्ति सेवन गर्दैनौ : सहभागी
अब देखी सुर्ति सेवन गर्दैनौ : सहभागी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


