मोहसिन अलि मिया/गोरखा
भिमसेन गाउँपालिका वडा नम्बर १ स्थित घ्याम्पेसालमा रहेको एक बिद्यालयमा शिक्षकको कुटाइबाट १० बर्षिय बालक बेहोस भएका छन् । आइतवार घ्याम्पेसाल स्थित दुल्लभ माविको कक्षा ४ मा अध्ययनरत छात्र राजेश रोकालाई शिक्षक ढकनाथ बस्ताकोटीले कुटेर घाईते बनाएका हुन् ।
कक्षा सञ्चालन भइरहेको बेला रोकाले पिसाव फेर्न जान अनुमति माग्दा शिक्षक बस्ताकोटीले भित्तामा टाउको ठोकाएर घाइते बनाएका बिद्यालय स्रोतले जनाएको छ ।
‘नेपाली बिषयको कक्षा चलिरहेको रहेछ, बिद्यार्थीले पिसाव फेर्न जान्छु भनेपछि बस्ताकोटी सरले छुट्टी भए पछि जालास् भनेर मायाँ गरेर टाउको मसार्दा भित्तामा ठोक्किएछ ।’ विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भट्टले भने,
शिक्षक बस्ताकोटीले रोकाको टाउको भित्तामा ठोकिदिएपछि उनि बेहोस भएका थिए । बेहोस छात्र रोकालाई तत्काल एम्बुलेन्समा जिल्ला अस्पताल ल्याइएको प्र.अ. भट्टले बताएका छन् ।
‘ती बालक मुटुको रोगी थिए, तर कुटाईको असरले गर्दा नै उनी बेहोस भएका हुन्’ प्रधानाध्यापक भट्ट भन्छन्ः ‘गोरखा अस्पतालमा पु¥याईपछि उनको होस आयो, एक्सरे गरेर पनि हेर्यौ, खासै केही देखिएन ।’
उपचार पछि आइतबार बेलुकै उनलाई घर लगिएको बिद्यालयले जनाएको छ ।
आइतबार बिद्यालयमा घटेको घटनालाई लिएर मंगलबार बिद्यालय ब्यवस्थापन समिती, अभिभावक तथा शिक्षकको संयुक्त बैठक बोलाइएको प्रधानाध्यापक भट्टले जानकारी दिएका छन् । ‘घटनाका बारेमा भोली बैठक बोलाएका छौ, छलफल भए पछि ति शिक्षकलाई कस्तो कारबाही गर्ने वा नगर्ने भन्ने टुङ्याउछौ ।’ प्रअ भट्ट भन्छन्, ‘उनले औषधी खाइरहेका छन्, उसको उपचार खर्च सबै स्कुलले बेहोर्छ ।’
यता जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले भने घटना बारे आफुलाई थाहा नभएको बताएका छन् । ‘म घटना बारेमा बुझ्दै छु, बिद्यार्थीलाई पिट्न पाइदैन, यदि शिक्षकले पिटेरै बेहोस बनाएका हुन् भने कारबाही हुनुपर्छ ।’ जिशिअ सुबेदीले भने,
‘बाल मैत्री कक्षाको अभियान लागु भइरहदा यस्तो घटना हुनु दुखद कुरा हो, घटनाको छानबिन गरि सत्य के हो पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढाउछौ ।’
शिक्षकको कुटाईबाट बिद्यार्थी बेहोस
शिक्षकको कुटाईबाट बिद्यार्थी बेहोस
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


