कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ १५ गते । बहु बिवाह मुद्वामा गोरखा जिल्ला अदालतबाट जेल सजाय तथा जरिवाना तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले बिशेष सूचनाको आधारमा चितवनबाट पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तलाई सजाय भुक्तानका लागि गोरखा कारागार चलान गरीएको छ ।
प्रहरीले बिशेष सूचनाको आधारमा पालुङ्गटार नगरपालिका १३ निवासी २८ बर्षे बद्री गान्धारीलाई चितवनको भरतपुर महानगर पालिका १ पोखरा बर्षबाट नियन्त्रणमा लिएर गोरखा ल्याएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले बताए ।
थापाका अनुसार ०७२ साल साउन २७ गते गोरखा जिल्ला अदालतबाट गान्धारीलाई बहु बिवाह गरेको प्रमाणीत भएकोले २ बर्ष कैद र ५ हजार नगद जरीवाना हुने निर्णय दिएको थियो । अदालतको फैसला लगत्तै फरार रहेका गान्धारी २२ महिना पछी प्रहरीको नियन्त्रणमा आएको हो ।
फरार अभियुक्त पक्राउ
फरार अभियुक्त पक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


