कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ १४ गते । गोरखा जिल्लाको पालुङ्गटार नगरपालिकामा सडक फराकिलो बनाउने क्रममा बरको रुख ढलेर एक्साभेटरमा पर्दा चालकको घटना स्थलमा नै मृत्यु भएको छ ।

पालुङ्गटार नगरपालिका २ को चापा भञ्ज्याङ्गमा सडक फराकिलो बनाउे क्रममा छेवैमा रहेको बरको रुख ढलेर एक्साभेटर माथि परेको थियो । सनिबार दिउसो भएको उक्त घटनामा परी सिन्धुपाल्चोक मेलम्चीका ३५ बर्षिय चालक राम बहादुर लामाको घटना स्थलमा नै मृत्यु भएको थियो ।

घटना लगत्तै चालकलाई उद्वार गरीएको भएता पनि उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।
फोटो पदम भट्टराईको फेसबुक बाट साभार गरीएको


