कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ १२ गते । सधै जसो तनाबमा रहेने समूहलाई लक्षित गरी गोरखा सदरमुकाममा स्व प्रबन्ध तालिम सम्पन्न भएको छ । तालिममा यूवा र जागिर खाने तथा बढी कामगर्नेहरुलाई समावेश गरीएको थियो ।

स्यमंमा आन्तरीक शक्तिहरुको बिकास गरी जिबनलाई लक्ष्यमा पुरयाउन कार्यक्रमको आयोजना गरीएको आयोजक संस्थाले जानकारी दिए । कार्यक्रमको ब्रह्माकुमारी ईश्वरीय विश्व बिद्यालयको आयोजना तथा मनास्लु बिकास बैंकको सहयोगमा भएको थियो ।

बिद्यालयको सदरमुकाममा रहेको शाखामा भएको कार्यक्रममा बोल्दै प्रशिक्षक अप्सरा दिदीले मानिसले भौतिक सुखका लागि मनलाई अशान्त पार्दा सधै दुखी हुन थालेको भन्दै आफ्नो मनलाई ब्यवस्थित गर्न सके सबै ब्यवस्थित हुने बताए ।

प्रशिक्षणका क्रममा प्रशिक्षक अप्सराले अब्यवस्थित खानपिनका कारण पनि मन असान्त हुने भन्दै सात्वीक खानामा ध्यान दिन र योग गर्न सहभागीलाई सुझाएकी थिईन ।
कार्यक्रमको संयुक्त रुपमा पानस बत्ती बालेर उदघाट्न गरीएको थियो ।




















