×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

एउटाको गढमा अर्को दल

  •  
  • आइतबार, जेठ ०७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • संविधानसभा चुनावमा माओवादीले तीनै क्षेत्र जितेको गोरखाका अधिकांश स्थानीय तहमा कांग्रेसले बाजी मारेको छ ।

    सुदीप कैनी / गोरखा

    माओवादी गढमा कांग्रेस
    गोरखा– संविधानसभाका दुई चुनावमा तीनवटै क्षेत्रमा विजय हासिल गरेको माओवादीको पराजयसँगै स्थानीय तह निर्वाचनमा दुवै नगरपालिकासहित अधिकांश गाउँपालिकामा कांग्रेसले बाजी मारेको छ । ११ मध्ये ९ स्थानीय तहको प्रमुखमा कांग्रेसले जित्नुलाई माओवादीको जनाधार रहेको क्षेत्र उसको पकडमा गएको विश्लेषण हुन थालेको छ ।

    सदरमुकामको गोरखा नगरपालिका र पालुङटार नगरपालिकासमेत जितेपछि २०३६ सालबाट गुमेको कांग्रेसको साख फर्केको तर्क गरिँदै छ । गोरखा गृहजिल्ला रहेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले माओवादी छाड्नुले नै कांग्रेसको जित सुनिश्चित भएको ठोकुवा गर्ने बढी छन् ।

    कांग्रेसले संगठन सुधार गरेर वा जनमत बढाएर चुनाव जितेको होइन,’ नागरिक समाजका अगुवा मोहनलाल श्रेष्ठले भने, ‘बाबुराम र प्रचण्ड माओवादी खेमामा विभाजित भएपछि कांग्रेस चुनाव जित्न सफल भएको हो ।’ यतिबेला पनि कांग्रेसले गोरखामा चुनाव जित्न नसकेको भए कहिल्यै पुरानो हैसियत पुन: बनाउन नसक्ने उनले बताए ।
    दुई गाउँपालिकामा भने माओवादी उम्मेदवार विजयी भएका छन् । कांग्रेसले जितेका ९ मध्ये ७ ठाउँमा माओवादी प्रतिद्वन्द्वी बन्न सफल भएको छ । भट्टराई नेतृत्वको नयाँ शक्ति धार्चे गाउँपालिकामा एमालेसँग तालमेल गरेर कांग्रेसको निकटतम प्रतिद्वन्द्वी बनेको छ भने आरुघाट गाउँपालिकामा कांग्रेससँग एमाले प्रतिस्पर्धी छ । माओवादी र नयाँ शक्तिले प्राप्त गरेको भोट जोड्दा ९ ठाउँमा चुनाव जितिने देखिन्छ । कांग्रेस सभापति हरिबहादुर घलेले पनि माओवादी विभाजनले कांग्रेसलाई फाइदा भएको आंशिक रूपमा स्वीकारे । ‘केही ठाउँमा त हामीलाई फाइदा पुगेको हो,’ उनले भने, ‘हाम्रो पनि पछिल्लो समय संगठन सुधार र विस्तार राम्रो हुँदै गएको छ ।’ घले कांग्रेस नेतृत्वमा आएपछि जनाधार बलियो बन्दै गएको तर्क गर्ने नेता कार्यकर्ता पनि छन् । नयाँ शक्ति र माओवादी एकअर्काका उम्मेदवारलाई हराउन लागेपछि माओवादीको शक्ति क्षीण भएको हो । ‘अघिल्ला चुनाव माओवादीले धाकधम्की देखाएर जितेको थियो,’ उनले भने, ‘यसपालि स्वच्छ निर्वाचन भयो, कांग्रेसले जित्यो ।’ कांग्रेसले स्थानीय तह निर्वाचनबाट आफ्नो विरासत पुन: कायम गरेको उनले बताए । ‘अब गोरखा माओवादीको लालकिल्ला रहेन,’ उनले भने, ‘कांग्रेसले जितिसक्यो, हामी अगाडि आयौं, कांग्रेसको किल्ला बन्यो ।’
    भट्टराई र माओवादी नेता हितराज पाण्डेको गृहनगर पालुङटारको मेयरमा चुनाव जितेपछि कांग्रेस झन् उत्साहित भएको छ । पालुङटारमा प्रमुख पदमा मात्रै कांग्रेसले चुनाव जितेकाले जनाधार कमजोर भइनसकेको माओवादीका सहइन्चार्ज परशुराम रम्तेलले बताए । ‘हामी चुनावी रणनीति र कार्यनीतिमा माहिर हुन सकेनौं, त्यसको फाइदा यसपटक कांग्रेसले लिन सफल भएको मात्र हो ।’ माओवादी नेता नारायणकाजी श्रेष्ठको गाउँपालिकामा समेत विजय हासिल गरेपछि संसद् निर्वाचन पनि आफ्ना पक्षमा पार्न सकिने आकलन कांग्रेसले गरेको छ । भट्टराईले पार्टी छाडेका कारण माओवादी पराजित भएको तर्क अर्धसत्य रहेको रम्तेलले टिप्पणी गरे । ‘हामी नयाँ शक्तिले भोट हाल्छ भनेर चुनावमा गएको होइन, जनाधार हाम्रै बलियो छ, मतको रक्षा गरेर मतपेटिकासम्म खसाल्नचाहिँ चुकेका हौं,’ उनले भने ।

    माओवादी संगठनलाई सही नेतृत्वसहित सुदृढ र व्यवस्थित गरे पुन: ‘लालकिल्ला’ कायम गर्न सकिने उनको विश्वास छ । ‘फुटको मनोविज्ञानले अलिअलि असर गरेको हो, अन्तर्राष्ट्रिय व्यक्तित्व भट्टराईले पार्टी नै छोडेपछि सर्वसाधारणमा केही न केही असर परेकै हो,’ उनले भने । नयाँ शक्तिलाई कम आकलन गर्नु गल्ती भएको पनि उनले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, जेठ ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.