- ७ स्थानमा प्रमुख उप प्रमुख र २ स्थानमा प्रमुख पद, माओबादीको २ स्थानमा दुवै पद र १ मा उप प्रमुख
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ५ गते । स्थानिय निर्वाचन २०७४ मा गोरखाको २ नगरपालिका र ९ गाउँपालिका मध्ये गाउँपालिका र १ नपामा प्रमुख र उप प्रमुखमा जित हात पारेको छ भने २ गाउँपालिकामा प्रमुख पद मात्र जितेको छ । यता माओबादी केन्द्रले भने २ गाउँपालिकाको प्रमुख र उप प्रमुखका साथै १ नपा र १ गाउँपालिकामा उप प्रमुख पदमा जित हात पारेको छ ।
तर देशै भरी चर्चामा रहेको जस्तो गरी गोरखा जिल्लाको मुनै पनि नगरपालिका र गाउँपालिकाको प्रमुख र उप प्रमुख पदमा भने नेकपा एमालेले जित हात पार्न सपल हुन सकेन ।
जिल्ला भरीको मत परिणाम सार्वजनिक हुदाँ जिल्लाको गोरखा नगरपालिकामा मेयर र उप मेयर, पालुङ्गटार नगरपालिकामा मेयर, जिल्लाको उत्तरी क्षेत्रमा रहेको चुमनुुब्री, धार्चे, अजिरकोट, आरुघाट, पूर्व दक्षिणमा रहेको भिमसेन र गण्डकी र पश्चिम उत्तरमा रहेको सिरानचोक गाउँपालिकामा प्रमुख र उप प्रमुख पदमा बिजयी भएको छ । भने माओबादी केन्द्रले पश्चिम उत्तरमा रहेको सुलिकोट र गोरखा सदरमुकाम संग जोडिएको शहिद लखन गाउँपालिकामा प्रमुख र उप प्रमुख दुवै पद र पालुङ्गटार नगरपालिकामा उप प्रमुख पदमो जितेको छ ।
मुख्य निर्वाचन कार्यालय र विभिन्न नगरपालिका र गाउँपालिकामा रहेको निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार गोरखा नगरपालिकामा नेपाली काँग्रेसका राजनराज पन्तले ६ हजार ५ सय ५० मत प्राप्त गरी माओबादी केन्द्रका कृण्ण राना मगरलाई पराजित गरेको थियो भने उप प्रमुख पदमा नेपाली काँग्रेसकी बिना श्रेष्ठले ६ हजार २ सय ६० मत ल्याएर नेकपा एमालेकी सम्झना देवकोटालाई पराजित गरेकी थिईन । मेयर पदका राना मगरले ५ हजार २६ मत पाएको थियो भने एमालेकी उप प्रमुख पदकी देवकोटाले ४ हजार ७ सय ५ मत प्राप्त गरेकी थिईन ।
त्यस्तै गरी गोरखा जिल्लाको पालुङ्गुटार नगरपालिकामा माओबादी केन्द्रका विवश चिन्तनलाई नेपाली काँग्रेसका दिपक कडेलले पराजित गरेको छ । कडेलले चिन्तनलाई २ सय ७ मतले पछी पार्दै ४ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए । सोही ठाउँमा उप प्रमुखमा भने माओबादी केन्द्रकी पम्फा बसेलले नेपाली काँग्रेसकी चेत कुमारी श्रेष्ठलाई २ सय ९८ मतले पाराजित गरी ४ हजार ४ सय ९४ मत प्राप्तगरेकी थिईन ।
निर्वाचन कार्यालयले सार्वजनक गरेको परिणाम अनुसार जिल्लाको उत्तरी क्षेत्रमा रहेको चुुमनुब्री गाउँपालिकामा नेपाली काँग्रेसका धन बहादुर गुरुङ्ग र माओबादी केन्द्रकी कुमारी गुरुङ्गले उप प्रमुख पदमा विजयी भएको छ । त्यस्तै गरी उत्तरी क्षेत्रमा नै रहेको धार्चे गाउँपालिकामा नेपाली काँग्रेसका सन्तोष गुरुङ्ग र फुलमायाँ गुरुङ्ग, सुलिकोट गाउँपालिकामा माओबादी केन्द्रका बिण्णु भट्ट र सनमायाँ गुरुङ्ग, अजिरकोट गाउँपालिकामा नेपाली काँग्रेसका फणिन्द्र धिताल र चन्द्रमायाँ गुरुङ्ग, आरुघाट गाउँपालिकामा नेपाली काँग्रेसका पूर्ण दाहाल र कल्पना नेपाली, भिमसेन गाउँपालिकामा नेपाली काँग्रेसका ईश्वर पाण्डे र बिनु वाग्लेले बिजयी भएको छ ।
त्यस्तै गरी सिरानचोक गाउँपालिकामा नेपाली काँग्रेसका राजु गुरुङ्ग र रीता देवकोटा, शहिद लखन गाउँपालिकामा माओबादी केन्द्रका रमेश थापा र ईन्दिरा तिवारी र गण्डकी गाउँपालिकामा नेपाली काँग्रेसका होम बहादुर राना र ललिता अधिकारी बिजयी भएको हो ।


