- ३ वटा नेका र २ वटामा माकेको वडाध्यक्ष
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ३ गते । गोरखा जिल्लाको विभिन्न गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ । बुधबार अन्तिम चरणमा अजिरकोटको पनि अध्यक्ष र उपाध्यक्षको मत परिणाम सार्वजनिक गरीएको छ । सार्वजनिक मत परिणाम अनुसार अजिरकोट पनि नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ ।
अजिरकोटमा रहेको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत बिनोद पोखरेलका अनुसार अध्यक्ष पदमा नेपाली काँग्रेसका फणिन्द्र घिताल बिजयी भएका छन । उनले ३ हजार ३३ मत प्राप्त गरेर बिजयी भएका हुन । उनका प्रतिद्वन्दी माओबादी केन्द्रका दिपक देवकोटाले २ हजार ७ सय २ मत प्राप्त गरेको थियो ।

त्यस्तै गरी उपाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकी चन्द्रमायाँ गुरुङ्ग बिजयी भएकी छिन । गुरुङ्गले ३ हजार ३० मत प्राप्त गरेकी थिईन । उनका प्रतिद्वन्दी माओबादी केन्द्रकी अनिता भूजेलले २ हजार ६ सय ४२ मत प्राप्त गरेकी थिईन ।

९ हजार ९ सय ३८ जना मतदाता रहेको अजिरकोट गाउँपालिकामा ५ वटा मात्र वडा रहेको छ । ५ वटा वडा मध्ये २, ३ र ४ मा नेपाली काँग्रेस र १ र ५ मा माओबादी केन्द्रका वडाध्यक्षले जित हात पारेका थिए ।




















