- सदस्यहरुमा ३ नेका र १ माके बिजयी
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ३ गते । गोरखा नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा माओबादी केन्द्रका बिण्णु प्रसाद श्रेष्ठ बिजयी भएका छन ।
१४ वटा वडा रहेको गोरखा नगरपालिकामा हाल सम्म १ देखी ७ सम्म मात्रको मत गणना सम्पन्न भएको छ । मत गणना सम्पन्न भएको वडाहरुमा अहिले सम्म वडा नम्बर ३ मा एमाले र वडा नम्बर ७ मा माओबादी केन्द्रका कार्यकताहरुले वडाध्यक्ष जित हात पारेको हो ।
७ नम्बरको मत गणना अनुसार महिला सदस्य, दलित महिला सदस्य र खुल्ला पहिलोमा नेपाली काँग्रेस र खुल्ला दोस्रोमा माओबादी केन्द्रले जित हात पारेको छ ।
अहिले गोरखा नगरपालिका वडा नम्बर ८ र ९ को मत गणना जारी छ ।
मत गणना सम्पन्न भएको १ देखी ७ वडा सम्मकोमा विभिन्न राजनैतिक दलका मेयर र उप मेयरले प्राप्त गरेको मत संख्या यस प्रकार छ ।
नेपाली काँग्रेस
मेयर ३९४०
उप मेयर ३६१३
नेकपा एमाले
मेयर २२९१
उप मेयर २६२५
माओबादी केन्द्र
मेयर १८८९
उप मेयर १६२७
नयाँ शक्ति पार्टी नेपाल
मेयर ८३४
उप मेयर ८९९


