कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ३ गते । गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका राजु गुरुङ्ग र रिता देवकोटा बिजयी भएका छन ।
निर्वाचन अधिकृत र्कितन राज पौडेलले दिएको जानकारी अनुसार सिरानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजु गुरुङ्गले ३ हजार ४ सय २ मत ल्याएर बिजयी भएका हुन । उनले माओबादी केन्द्रका नवराज पुडासैनीलाई १ सय ६७ मतले हराएका थिए ।
त्यस्तै गरी उत्त गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी रिता वकोटाले ३ हजार ४ सय ११ मत ल्याएर बिजयी भएकी छिन । उनका प्रतिद्वन्दी माओकाबादी केन्द्रका दिपा गुरुङ्गले ३ हजार २ सय ३६ मत ल्याएको सिरानचोकमा रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
दे
१६ हजार ८ सय ७३ मतदाता रहेको उत्त गाउँपालिकामा ८ वटा वडा रहेको छ । जसमा १, २, ३, ४, ६ र ७ मा नेपाली काँग्रेसले वडाध्यक्षमा तिज हात पारेको छ भने वडा नम्बर ५ र ८ मा क्रमश. नयाँ शक्ति पार्टी नेपाल र माओबादी केन्द्रले जित हात पारेको छ ।




















