- ४ एमाले ३ नेपाली काँग्रेस
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ३ गते । गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको बुधबार दिउसो सम्ममा ७ वटा वडाको मत गणना सम्पन्न भएको छ ।
मत गणना सम्पन्न भएको ७ वटा वडा मध्ये ४ वटा वडामा नेकपा एमालले कार्यकताहरुको बिजय भएको छ भने ३ वटा वडामा नेपाली काँग्रेसका कार्यकताहरु बिजयी भएका छन ।
प्राप्त मत परिणाम अनुसार वडा नम्बर १, २ र ७ मा नेपाली काँग्रेसका शेर बहादुर घले, सोम बहादुर घले र रण बहादुर बराम बिजयी भएका छन भने वडा नम्बर ३, ४, ५ र ६ मा नेकपा एमालेका सिर्वल बराम, कृण्ण बहादुर धमला, नारायण ध्वज खड्का र बिर बहादुर गुरुङ्ग बिजयी भएको आरुघाट बाट राजिब बोहराले जानकारी दिएको छ ।
वडा नम्बर ८ को मत गणना जारी भएकोले बुधबार साँझ सम्म परिणाम आउने सक्ने अनुमान गरीएको छ ।
प्राप्त जानकारी अनुसार क्रमश.का वडाहरुमा बिजयी भएका वडाध्यक्षहरुको नामावली यस प्रकार रहेको छ ।
१) शेर बहादुर घले नेपाली काँग्रेस
२) सोम बहादुर घले नेपाली काँग्रेस
३) सिर्वल बराम नेकपा एमाले
४) कृण्ण बहादुर धमला नेकपा एमाले
५) नारायण ध्वज खड्का नेकपा एमाले
६) बिर बहादुर गुरुङ्ग नेकपा एमाले
७) रण बहादुर बराम नेपाली काँग्रेस


