कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २ गते । गोरखा जिल्लाको जिल्ला सदरमुकाममा रहेको गोरखा नगरपालिकाको वडा नम्बर ५ मा नेपाली काँग्रेसले प्यालन सहित जित हात पारेको छ ।

मुख्य निर्वाचन कार्यालय गोरखाले दिएको जानकारी अनुसार वडाध्यक्षमा राम कुमार थापा बिजयी भएका छन भने महिला सदस्यमा गिता थापा मगर र दलित महिला सदस्यमा सिता अछामी बिजयी भएको छ ।

त्यस्तै गरी खुल्ला तर्फको पहिलो र दोस्रो सदस्यमा क्रमश. रोहीत बहादुर बोहरा र टेक बहादुर थापा मगर बिजयी भएको छ ।
बिजयी भएका वडाबासीहरुले राती नै खुशीयाली मनाउदै बाजागाजा सहित मतगणना स्थलबाट आफ्नो वडा तर्फ गएका थिए ।

गोरखा नगरपालिकाको वडा नम्बर १, २, ३ र ५ को मत परिणाम अनुसार विभिन्न राजनैतिक दलहरुले प्राप्त गरेको मत यस प्रकार रहेको छ ।
नेपाली काँग्रेस
प्रमुृख २१४६
उप प्रमुख १९५९
नेकपा एमाले
प्रमुृख १३६२
उप प्रमुख १५६८
माओबादी केन्द्र
प्रमुृख १०२३
उप प्रमुख ८०६
नयाँ शक्ति पार्टी नेपाल
प्रमुृख ४३६
उप प्रमुख ४६२




















