- काँग्रेस माओबादी १/१
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २ गते । गोरखा जिल्लाको गण्डकी गाउँपालिकाको वडा नम्बर ५ र ६ को मत परिणाम घोषणा भएको छ । घोषित मत परिणाम अनुसार ५ नेपाली काँग्रेस र ६ मा माओबादी केन्द्रले वडाध्यक्ष्मा जित हासिल गरेको छ ।
प्राप्त जानकारी अनुसार गण्डकी गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली काँग्रेसका जश बहादुर सिंह थापा बिजयी भएको छ भने वडा नम्बर ६ मा माओबादी केन्द्रका जिबन गुरुङ्ग बिजयी भएको छ ।
वडा नम्बर ५ को महिला सदस्य, दलित महिला सदस्य र खुल्ला २ सदस्य तर्फ माओबादी केन्द्रले जित हात पारेको छ भने वडा नम्बर ६ मा माओबादी केन्द्रका गुरुङ्गको प्यानल नै बिजयी भएको छ ।
हाल सम्म सम्पन्न वडाको मत अनुसार प्रमुख र उप प्रमुखलाई प्राप्त मत परिणाम यस प्रकार छ ।
नेपाली काँग्रेस
प्रमुख ३२४८
उप प्रमुख ३३११
माओबादी केन्द्र
प्रमुख २५५६
उप प्रमुख २६३२
नेकपा एमाले
प्रमुख ११२७
उप प्रमुख ७२२
नयाँ शक्ति पार्टी नेपाल
प्रमुख ३६०
उप प्रमुख ५७५




















