- ४ वटामा नेपाली काँग्रेस र ३ वटा वडामा माओबादी केन्द्रको जित
- गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका धनबहादुर र उपाध्यक्षमा माओबादी केन्द्रकी कुमारी गुरुङ्ग बिजयी
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २ गते । गोरखाको सुदुर उत्तरमा रहेको चुम नुब्री गाउँपालिकाको सबै वडाको मतगणना सम्पन्न भएको छ । ७ वटा वडा रहेका उत्त गाउँपालिकाको निर्वाचन कार्यालय भने सिर्दीबासको फिलीमा रहेको थियो ।
प्राप्त मतको आधारमा नेपाली काँग्रेका धन बहादुर गुरुङ्ग चुमनुब्री गाउँपालिकाको पहिलो अध्यक्ष भएको छ भने माओबादी केन्द्रकी कुमारी गुरुङ्ग उपाध्यक्ष पदमा बिजयी भएकी छिन । बिजयी भएका अध्यक्ष र उपाध्यक्षले क्रमश.१ हजार २ सय ५३ मत र १ हजार २ सय ८५ मत प्राप्त गरेका थिए ।

अध्यक्षका प्रतिध्वन्दी माओवादी केन्द्रका लाक्पा डुण्डुप लामाले १ हजार १ सय ८५ मत प्राप्त गरेका थिए । लामाले भन्दा गुरुङ्गले ६८ मत बढी पाएका थिए । त्यस्तै गरी बिजयी उपाध्यका प्रतिध्वन्दी नेपाली काँग्रेसका छेवाङ लामाले ९ सय ८८ मत मात्र प्राप्त गरेका थिए । बिजयी भएका उपाध्यक्षले प्रतिध्वन्दी भन्दा २ सय ९७ मत बढी ल्याएका थिए । ७ वडामा ३७ जना प्रतिनिधीले प्रतिस्पर्धा गरेको थियो ।
निर्वाचन अधिकृत हरीहर दाहालले दिएको जानकारी अनुसार कुल ३ हजार ८ सय ६९ मत मध्ये २ हजार ९ सय मत मात्र खसेको थियो ।
सिर्दीबास बाहेक १६ मतदान केन्द्रको मत पेटीका हेली मार्फत १ गते दिउसो मात्र मतगणना स्थलमा आए पछी साँझ पखबाट मत गणना शुरु भएको थियो ।
साबिकको छेकम्पार, चुम्चेत, सिर्दीबास, बिही, प्रोक, ल्हो र सामागाउँ गाउँ बिकास समितीलाई मिलाएर चुम नुब्री गाउँपालिका बनाइएको थियो ।
१ बिर बहादुर लामा नेपाली काँग्रेस निर्वीरोध
२ पेम्बा रेपा नेपाली काँग्रेस निर्बिरोध
३ राम कुमार गुरुङ्ग माओवादी केन्द्र निर्वाचित
४ पेमा डुण्डुप लामा माओवादी केन्द्र निर्वाचित
५ सोनाम ग्याल्जेन गुरुङ्ग नेपाली काँग्रेस निर्बिरोध
६ लोप्साङ्ग लामा माओवादी केन्द्र निर्वाचित
७ पासाङ्ग फुञ्जो लामा नेपाली काँग्रेस निर्वाचित




















