- नेका ३ र माके १ बिजयी
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २ गते । गोरखा जिल्लाको धादिङ्ग जिल्ला संग सिमाना जोडिएको गण्डकी गाउँपालिकाको १ देखी ४ सम्मको वडाहरुको मत गणना सकिएको छ ।
प्राप्त जानकारी अनुसार वडा नम्बर २, ३ र ४ मा क्रमश.नेपाली काँग्रेसका देउ बहादु गुरुङ्ग, नवराज श्रेष्ठ र नर बहादुर पाण्डे बिजयी भएका हुन ।
यता गण्डकी गाउँपालिका वडा नम्बर १ मा माओबादी केन्द्रका गिर बहादुर गुरुङ्ग बिजयी भएको छ । स्थानिय सन्तोष घिमीरेले दिएको जानकारी अनुसार अबको केही बेरमा वडा नम्बर ५ र ६ को मत गणना परिणाम समेत सार्वजनिक हुने छ ।


