- १ र २ मा मिश्रीत ३ मा प्यानलनै बिजयी
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २ गते । गोरखाको शहिद लखन गाउँपालिकामा हाल सम्म मतगणना सकिएको ३ वटा वडामा नेकपा एमाले बिजयी भएको छ ।
वडा नम्बर १, २ र ३ को हालै सम्पन्न मत परिणाम अनुसार वडा नम्बर १ मा दिप बहादुर के.सी., २ मा अचलबावु थापा र ३ मा गणेशथापा बिजयी भएका हुन । वडा नम्बर ३ मा प्यानल सहित बिजयी भएको भएता पनि १ र २ मा भने मिश्रीत मत परिणाम आएको छ ।

वडा नम्बर १ मा महिला सदस्य दुर्गामायाँ गुरुङ्ग, दलित महिला सदस्य मिना नेपाली र खुल्ला २ सदस्य माओबादी केन्द्रका कार्यकताहरु बिजयी भएका हुन । खुल्ला तर्फ गोबिन्द राज खनाल र हिरामायाँ थापा बिजयी भएका छन ।
त्यस्तै गरी वडा नम्बर २ मा वडा अध्यक्ष थापा सहित महिला सदस्य सकुन थापा र दलित महिला सदस्य कल्पना सार्की नेकपा एमालेको कार्यकता हुन भने खुल्ला तर्फ बिजयी भएका चेत बहादुर थापा नेपाली काँग्रेस र शिवजी थापा माओबादी केन्द्रको तर्फबाट बिजयी भएका हुन ।
उता वडा नम्बर ३ मा थापाको प्यानल सहित बिजयी भएका छन । महिला सदस्य रुक्मणी गुरुङ्ग, दलित महिला सदस्य कमला परियार र खुल्ला तर्फ ईश्वर प्रसाद दुवाडी र झक बहादुर गुरुङ्ग नेकपा एमालेको तर्फबाट बिजयी भएका हुन ।
शहिद लखन गाउँपालिकामा १, २ र ३ नम्बर वडाबाट गाउँ प्रमुख र उप प्रमुखलाई आएको मत यस प्रकार रहेको छ ।
नेकपा एमाले
प्रमुख १७१८
उपप्रमुख १४१२
माओबादी केन्द्र
प्रमुख १२०७
उपप्रमुख १२५८
नेपाली काँग्रेस
प्रमुख ८२४
उपप्रमुख १०७१
नयाँ शक्तिपार्टी नेपाल
प्रमुख २२९
उपप्रमुख २२३




















