कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २ गते । गोरखा जिल्लाको भिमसेन गाउँपालिका १ को सार्वजनिक गरीएको मत परिणाम अनुसार नेपाली काँग्रेसले वडाध्यक्ष सहित प्यानलनै बिजयी भएका छन ।
प्राप्त जानकारी अनुसार वडाध्यक्षमा बद्री नारायण श्रेष्ठले ८ सय ३९ मत प्राप्त गरेर वडाध्यक्ष पदमा बिजयी भएका थिए । अन्य ४ पदमा पनि नेपाली काँग्रेस समर्थित कार्यकता बिजयी भएका छन ।
जस अनुसार ९ सय मत ल्याएर महिला सदस्य सुनिता अधिकारी बिजयी भएकी छिन भने दलित महिला सदस्यमा ८ सय ५८ मत ल्याएर राममायाँ बयलकोटी बिजयी भएकी हुन । त्यस्तै गरी खुल्ला २ सदस्यमा ८ सय ५१ मत ल्याएर राम चन्द्र रावल र ८ सय ६४ मत ल्याएर बुद्विराम बराम बिजयी भएको भिमसेन गाउँपालिकाका निर्वाचन अधिकृत बावुराजा श्रेष्ठले जानकारी दिए ।
भिमसेन गाउँपालिकाको प्रमुख र उपा प्रमुखको हाल सम्मको मत परिणाम
नेपाली काँग्रेस
प्रमुख ८९१
उप प्रमुख ९२९
माओबादी केन्द्र
प्रमुख ४७६
उप प्रमुख ४७४




















