- वडाध्यक्ष र खुल्ला १ मा माके, अन्य ३ मा नश बिजयी
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ २ गते । गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका २ नम्बर वडाको मत परिणाम सार्वजनिक गरीएको छ । सार्वजनिक गरीएको मत परिणाम अनुसार वडाध्यक्षमा माओबादी केन्द्रका लोकनाथ वाग्ले बिजयी भएको छ भने अन्य ४ जना सदस्यहरुमा नयाँ शक्ति पार्टी नेपालका कार्यकताहरु बिजयी भएका छन ।
पालुङ्गटार नगरपालिकाबाट निरज भट्टराईले दिएको जानकारी अनुसार वडाध्यक्षमा वाग्लेले ६ सय ६७ मत प्राप्त गरेर विजयी भएका हुन । त्यस्तै गरी महिला सदस्य चन्द्रावती न्यौपाने दलित महिला सदस्य कालीमायाँ बयलकोटी र खुल्ला तर्फ काजिबावु लामिछाने नयाँ शक्ति पार्टी नेपालका कार्यकताहरुको विजयी भएको छ भने माके को खुल्ला तर्फ कलम पोख्रेल बिजयी भएका छन ।
भट्टराईले दिएको जानकारी अनुसार अहिले वडा नम्बर ३ र ४ को मत गणना जारी रहेको छ ।
पालुङ्गटार नगरपालिकाको १ र २ नम्बर वडाको अन्तिम परिणाम अनुसार विभिन्न राजनैतिक दलका मेयर तथा उपमेयरहरुले प्राप्त गरेको मत परिणाम यस प्रकार छ ।

नयाँ शक्ति पार्टी नेपाल
मेयर १३५४
उपमेयर १२९७

माओबादी केन्द्र
मेयर ८५७
उपमेयर ९२२

नेपाली काँग्रेस
मेयर ७४६
उपमेयर ६८७

नेकपा एमाले
मेयर २०४
उपमेयर १७८


