- मेयर र उपमेयरमा नेकाको अग्रता
कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ १ गते । गोरखा नगरपालिकाको वडा नम्बर ३ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार नेकपा एमालेका राम बोगटी सहितको टिम विजयी भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले दिएको जानकारी अनुसार वडा नम्बर ३ मा नेकपा एमालेका राम बोगटीले नेपाली काँग्रेसका उम्मेदवारलाई हराएर वडाअध्यक्षमा चयन भएको छ । बोगटीले ८ सय ३६ मत ल्याएर विजयी भएका हुन ।
उनका प्रतिध्वन्दी नेकाको उम्मेदवारले ५ सय ४४ मत प्राप्त गरेको थियो । त्यस्तै गरी वडा नम्बर ३ बाट नेकपा एमालेका महिला सदस्य सिता दानी, दलित महिला सदस्य फुलमायाँ मग्राती र खुल्ला तर्फ राजेन्द्र तिवारी र शम्भू थापा बिजयी भएको हो ।
वडा नम्बर ३ सम्मको मत परिणाम गणना गर्दा गोरखा नगरपालिकाको विभिन्न राजनैतिक दलको मेयर र उपमेयर पदमा आएको मत परिणाम यस प्रकार छ ।

नेपाली काँग्रेस
मेयर १७२५
उपमेयर १४५४

नेकपा एमाले
मेयर १०९९
उपमेयर १२३१

माओबादी केन्द्र
मेयर ८३७
उपमेयर ६५३

नयाँ शक्तिपार्टी नेपाल
मेयर ३७०
उपमेयर ३७५


